दक्षिणकाली बोसन महोत्सव :

पर्यटन

 

दक्षिणकाली बोसन महोत्सव :

माघ १९ ,  काठमाडौं । फ्ल्यास् खबर

     दक्षिणकाली नगरपालिकाद्वारा गठित नगर पर्यटन विकास समितिको आयोजनामा दक्षिणकाली बोसन महोत्सव, मिति २०७५ माघ १९ गते शनिबारका दिन सम्पन्न भएको छ । उक्त महोत्सवमा ऐतिहासिक चम्पादेवी र बोसन डाँडाको महत्त्व सम्बन्धी प्रदर्शनी, पर्यटन प्रबर्द्धनको लागि दक्षिणकाली नगरपालिका भित्रका ऐतिहासिक पर्यटकीय स्थानहरुको घोषणा, निर्माण सम्पन्न भएका होमस्टेहरुको उद्घाटन, चम्पादेवी पाउदेखि चम्पादेवी मन्दिरसम्मको सिंढी निर्माणको शिलान्यास भएको थियो ।चर्चित राष्ट्रिय कलाकारहरुको गायन, स्थानीय परिकार, तथा झाँकी प्रदर्शन समेत भएको थियो । मौलिकता, धार्मित तथा साँस्कृतिक दृष्टिकोषले बोसन प्रचुर मात्रामा सम्भावना बोकेको पर्यटकीय क्षेत्र हो ।


      प्रमुख अतिथि ३ नं. प्रदेशका मुख्यमन्त्रि माननीय श्री डोरमणी पौडेलद्वारा कार्यक्रमको उद्घाटन भएको महोत्सबमा प्रतिनिधि सभाका सदस्य श्री राजेन्द्र कुमार के.सी., दक्षिणकाली नगरपालिकाका नगर प्रमुख श्री मोहन बस्नेत, नगर उप-प्रमुख श्री बसन्ती तामाङ (डंगोल), वडा अध्यक्ष १ देखि ९ सम्मका तथा ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष श्री जीवन लामा लगायत राजनैतिक पाटी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बक्ताहरुले दक्षिणकाली नगरपालिकाको विकासको लागि यस्ता महोत्सवहरुले पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने बताउनु भयो ।  

   

 

 

 

Comments

comments

2 thoughts on “दक्षिणकाली बोसन महोत्सव :

Comments are closed.