चौथो दक्षिण भेगिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता – २०७५ संचालन हुने :

आगामी कार्यक्रमहरु खेलकुद ताजा अपडेट

चौथो दक्षिण भेगिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता – २०७५ संचालन हुने :

फागुन २२,  काठमाडौं । फ्ल्यास् खबर

दक्षिणकाली नगरपालिका भित्रका खेलाडीहरु मात्रै समावेश हुने पाउने गरी फर्पिङ खेलकुद विकास क्लबले चौथो दक्षिण भेगिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता – २०७५ संचालन गर्ने भएको छ । प्रतियोगिता मिति २०७५ चैत्र २५ गतेदेखि २७ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा सहभागी हुन पुरुष सहभागीले रु. ३००।- रुपैयाँ फारम शुल्क बुझाउनु पर्नेछ भने महिला तथा स्कुलका विद्यार्थीहरुका लागि भने फारम नि:शुल्क गरिएको आयोजकले घोषणा गरेको छ । चेस प्रतियोगिता SWISS प्रणालीमा खेलाईनेछ । फारमको लागि क्लवका प्रतिनिधिसंग सम्पर्क गरी प्राप्त गर्न सक्नु हुन्छ ।

Comments

comments