लागु औषध मानिस सहित पक्राउ

ताजा अपडेट समाचार

लागु औषध मानिस सहित पक्राउ :

फागुन २७,  काठमाडौं । फ्ल्यास् खबर

पर्सा जिल्ला बिरगंञ्ज – १२ बस्ने ३९ वर्षको ईश्वर बहादुर उदासलाई मिति २०७५ फागुन २६ गते दक्षिणकाली नगरपालिका वडा नं ५ स्थित फर्पिङ बजारमा संकास्पद रुपमा हिडिरहेको बेला ईलाका प्रहरी कार्यालय फर्पिङ, काठमाण्डौले पक्राउ गरेको थियो ।
निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा गर्ने क्रममा लागु औषध ईनजेक्सन(डाईजेल्याब– ईनजेक्सन थान–४५, फारगन ईनजेक्सन थान–४५, जेफिम– ईनजेक्सन थान–४५ गरि जम्मा) १३५ थान ईनजेक्सन सहित बरामत भएको कुरा ईलाका प्रहरी कार्यालय फर्पिङ , काठमाण्डौले बताएको छ ।
हाल निजलाइ थप अनुसन्धान एबम् कारबाहिका लागि लागु औषध सहित महानगरिय प्रहरी बृत किर्तिपुर, काठमाण्डौ पठाईएको छ ।

Comments

comments