टल्कु लप्सि क्यान्डि उद्योग

अर्थ व्यापार ताजा अपडेट

टल्कु लप्सि क्यान्डि उद्योग

चैत्र २४,  काठमाडौं । फ्ल्यास् खबर

कारितास नेपाल र टल्कु बचत तथा ऋिण सहकारी सस्थाले २०६२ पौस १२ देखि २४ गते सम्म लप्सि प्रसोधन तालिम प्रदान गरेको थियो । त्यस तालिममा प्राप्त गरेको ज्ञानलाई त्यतिकै खेरा जान नदिई २०६२ पौस २४ गते वाट नै सात जनाको समुह बनाई टल्कु बचत तथा ऋिण सहकारीको आथिक सहयोग वाट काम सुरुगरिएको थियो । देस्रो वर्षदेखि उद्योगलाई घरोलु उद्योगमा दर्ता गरि प्रत्यक सदस्यवाट ३० हजार लगानि गरि सञ्चालन गर्न थालिएको यस उद्योगमा सिजनमा ३५ देखि ४० जना र अप सिजनमा ५ देखि ७ जना कामदारहरु कामगर्ने गर्दछन् । ५ हजार किलो लप्सिवाट सुरु गरिएको यस उद्योगले हाल टल्कु, छैमले, ललितपुर, सिन्धुपाल्चेक, चाँगुनारायण आदि ठाँउहरुवाट वार्षिक १५ हजार किलो देखि २० हजार किलो लप्सि खरिद गरि प्रसोधन गरि वार्षिक १५ देखि १८ लाखको बिक्रि गर्ने गरेको छ । क्यान्डिहरु फर्पिङ, काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, हेटौंडा, नारायणगड, बिराटनगर, सिकिम र केहि विदेश पनि जाने गरेको छ ।

 
  

स्थानिय स्रोत रसाधनको प्रयोग गरि स्थानिय स्तरमै रोजगार प्रदान गरिने भएका कारण धेरै नाफा पनि नभएको र त्यस्तो घाटा पनि नभई हालको उद्योगको स्थिर र चालु पुजि गरि १० लाख जति रहेको उद्योगका सञ्चालक तथा बजार व्यवस्थापक जिवन थापा बताउनुहुन्छ । चार प्रकारकोे क्यन्डि उत्पादन गर्ने यस उद्योगमा क्यान्डि बनाउने क्रममा सबै भन्दा पहिला किसानहरुवाट लप्सि खरदि गरि ल्याईछ र त्यसलाई तिन चार पटक पखालिन्छ । त्यसपछि लप्सिलाई उसिनेर त्यसको बेक्रा, गुदि र गेडा छुट्याएर त्यसलाई फेरि केलाउने काम गरिन्छ । अनि गुलियो क्यान्डि बनाउदा चिनि र गुदिको मात्र प्रयोग गरेर बनाईन्छ भने खट्टुमा खाद्य रङ प्रयोग गरि त्यस गुदिलाई गेडामा बेरिन्छ । अनि पिरो क्यान्डिमा पनि खाद्य रङ, खुर्रसानि, नुन, मसलाको प्रयोग गरि बनाईन्छ भने अर्काेमा गरम मसला, हिङको प्रयोग गरेर बनाईन्छ । यस उद्योगको उद्धेश्य भविष्यमा ओडा भरिको लप्सि खरिद गरि अझ धेरैलाई रोजगारि प्रदान गर्ने रहेको छ जसमा स्थानिय सरकारको साथ र सहयोगको आशा गर्नुहुन्छ ।

Photo Credit  : Kritgya Shrestha

Comments

comments