दक्षिणकाली बसको सहचालकले खायो यात्रुको पिटाइ!

ताजा अपडेट समाचार

दक्षिणकाली बसको सहचालकले खायो यात्रुको पिटाइ!!!

चैत्र २९,  काठमाडौं । फ्ल्यास् खबर

बिहिवार बिहान दक्षिणकाली रुटमा चल्ने बसको सहचालकले अमर्यादित व्यवहारका कारण बसमा सवार केही युवा यात्रुको बस भित्रै पिटाइ खाएका छन। सधैं भिड हुने दक्षिणकाली रुटको बसमा बस व्यवस्थापनको निकै लापरबाही रहेको देखिन्छ भने बसका प्राय सहचालकहरु पनि अभद्र र अति नै अमर्यादित पनि रहि आएका छन् ।

बसमा क्षमता भन्दा बढी यात्रु कोच्ने तथा वर्लने बेलामा पनि उस्तै व्यवहार देखाउँदै आएका बसका सहचालकहरुलाई समय समयमा कसै न कसैले पिट्ने देखिएको छ । उनीहरु कै अभद्र व्यवहारले गर्दा पिटाइ खाने गरेको यात्रुहरु बताउँछन् ।यस्ता घटनालाई त्यँहाका स्थानीयले र बस व्यवस्थापकले सामान्य रुपमा लिदै आएका छन भने यस सम्बन्धमा बस समितीले अपनाउनु पर्ने निति अप्नायको देखिदैन।बसको अनियमिता,सहचालकहरुको अमर्यादित व्यवहार,पुराना बस तथा बस समितीको लापरवाहीको पनि यात्रुहरुले विरोध गरेका छन।