सनराइज बैंकको स्वास्थ्य बिमा सुविधाले फर्पिङ क्षेत्रका थप २ जना लाभान्वित

ताजा अपडेट स्वास्थ्य

सनराइज बैंकको स्वास्थ्य बिमा सुविधाले फर्पिङ क्षेत्रका थप २ जना लाभान्वित

चैत्र २९,  काठमाडौं । फ्ल्यास् खबर

सनराइज बैंकद्वारा संचालित स्वास्थ्य बिमा सुविधा अन्तर्गत बैंकको फर्पिङ साखाबाट फेरि पनि दुई जना वचतकर्ताहरुलाइ बिमा भुक्तानी गरिएको छ। बि एण्ड बि अस्पतालमा उपचार गराइरहेका फर्पिङ निवासी ५२ वर्षीय शान्ता श्रेष्ठ र नर्भिक अस्पतालमा उपचार गराइरहेका डोल्लु निवासी ५२ वर्षीय टुकु गुरुङले हालै मात्र बैंकको स्वास्थ्य बिमा भुक्तानी गरेका छन ।बैंकको फर्पिङ साखाबाट उनीहरु २ सहित कुल १४ जना वचतकर्ताहरुले बिमाको भुक्तानी गरिसकेका छन ।

नेपालका सम्पूर्ण सरकारी अस्पताल लगायत करिब १५० वटा प्राइभेट अस्पताल तथा भारतका १५ अस्पतालमा गरिएको स्वास्थ्य बिमा सम्झौताले बिमा भुक्तानी गरेका वचतकर्ताहरुलाइ उपचार गराउन निकै सहज भएको सेवाग्राहीहरु बताउदछन् ।गत वर्ष २०७४ को चैतबाट संचालित यस योजनामा यस वर्ष चैत १ बाट बैंकले एक लाखसम्म एक पटक मात्र नभई ३ पटकसम्म बिमा भुक्तानी निशुल्क गर्न पाउने सुविधा पनि ल्याएको छ। रकम भुक्तानी हुन धेरैमा सात दिन मात्र लाग्ने तथा बैंकको डेभिड कार्ड लिएर सम्झौता गरियका अस्पतालमा उपचार गराउन गए ५%-२५% सम्म छुट पाइने व्यवस्था गरेको बैंकका कर्मचारी बताउछन। यस बिमा सुविधा सम्बन्धि तथा सम्झौता गरिएका अस्पतालहरुको विस्तृत जानकारीको लागि सनराइज बैंकको नै Website मा हेर्न सन्किन्छ।

Comments

comments