दक्षिणकाली नगरपालिका सरसफाई कार्यक्रम

ताजा अपडेट नगर गतिविधि समाचार

दक्षिणकाली नगरपालिका सरसफाई कार्यक्रम

बैशाख ३१, काठमाडौं । फ्ल्यास खबर

पुरै नेपाल भरका निवाचित प्रतिनिधिहरुको दुई वर्षको अवधि पुरा उपलक्क्षमा दक्षिणकाली नगरपालिकाले २०७६ बैशाख ३१ गते मङ्गलवार आयोजना गरेको सरसफाई कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम बिहान ७ बजे सुरु भई ९ बजे समाप्त भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा काठमाडौं क्षेत्र नं–१० का सांसद राजेन्द्र कुमार के.सी उपस्थित हुनुभएको थियो भने दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर बसन्ति डंगोल तामाङ्ग, वडा अध्यक्षहरु, विभिन्न क्लव, विभिन्न सामाजिक संघ–संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न सहकारीका प्रतिनिधिहरु, बिभिन्न आमा समुहका प्रतिनिधिहरु, स्वास्थय स्वयम सेविकाहरु, प्रहरी, बिभिन्न बिद्यालयका भाई बहिनिहरु उपस्थित हुनुभएको थियो ।

कार्यक्रमको सुरुवात नगरपालिका प्राङ्गणवाट भई फर्पिङको सातै टोल हुदै नाईटो खोल्चामा गई समाप्त भएको थियो । बिगत लामो समय देखि फोहोर फ्यालिदै आएको त्यस खोल्चाको फोहार हटाउन नगरपालिकाको डोजरले त्यो फोहोर पुर्ने र आगामी दिनमा त्यहाँ फोहोर फ्याल्नेलार्इृ जरिवाना तिराउनका लागि सिसि क्यामराको पनि व्यबस्था गर्ने कुरा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत ज्यूले बताउनु भयो । आगामी दिनमा फोहोर ब्यवस्थापनकोलागि छुट्टै ब्यवस्था गर्ने जस्मा गाडि टोल टोलमा आई फोहेर सङकलन गरिने छ र हामीहरुले त्यसको लागि केहि रकम तिर्नुपर्ने कुराको पनि जानकारी गराउनु भएको छ । यो कार्यक्रम आज मात्र नभई आगामी दिन देखि हप्ताको एक चोटि हुने कुरा पनि बताउनु भयो ।

      

Comments

comments