जान्नुहोस् दैनिक तरकारीमा प्रयोग गर्ने बेसारको फइदाहरुबारे

ताजा अपडेट स्वास्थ्य

जान्नुहोस् दैनिक तरकारीमा प्रयोग गर्ने बेसारको फइदाहरुबारे

जेष्ठ १२, काठमाडौं । फ्ल्यास खबर

हरेक नेपालीको भान्सामा पाइने बेसार मानव स्वास्थ्यका लागि प्रकृतिको ‘वरदान’ हो । बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो जसलाई आयुर्वेदमा औषधिका रुपमा प्रयोग गर्दै आएको छ । बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसाधनमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ । बेसारलाई हलेदो पनि भनिन्छ । मसलाको रूपमा प्रयोग हुने यो परिकारको रंग बदल्नको लागी प्रयोग गरिन्छ । बेसारमा मानव शरीरका लागि आवश्यक पर्ने भिटामिन ए, भिटामिन बि, भिटामिन बि २, भिटामिन सि, क्याल्सियम, फस्फोरस, फलाम तत्व र क्यालोरी प्रचुर मात्रामा पाइन्छ । यसमा पाइने कुरकुमिन नामक रसायनका कारण यसको रङ पहेँलो देखिन्छ । बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो। सुन्निने समस्या भएको बेलामा यसको प्रयोग गरिन्छ। घुँडा सुन्निने तथा दुख्ने समस्यामा पनि बेसारको प्रयोग गरिन्छ।

१। धेरै पिसाब लागेमा धेरै पटक पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि बिहान्बेलुका १/१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग खाने गरेमा १्२ हप्तामै ठिक हुन्छ ।

२। आँखाको कमजोरीमा राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १्२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।

३। सुख्खा खोकिमा १ चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग विहानरवेलुका खाने गरेमा २–३ दिनमा नै सुख्खा खोकि ठिक हुन्छ ।

४। कुनैपनि घाउ, खटिरा वा काटेकोमा राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

५। सुनिएमा मर्केमा ५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २्४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।

६। पेट फुल्ने रोग भएमा हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान्बेलुका खानाले ठिक हुन्छ ।

७। कफ जमेर दम हुनेमा आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने दम ठिक हुन्छ ।

८। रुघा लागेमा, सर्दि भएमा ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

९। मूख, घाँटीमा घाउ आएमा २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि गारगल ्कुल्ला दिनको २ पटक गरेमा ठीक हुन्छ ।

१०। खोकी लागेमा १ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ। बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ ।

११। टंसिल भएमा टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।

१२। आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमाराती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

१३। दाँत बलियो बनाउन रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १–२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।

१४। अनुहार सुख्खा भएमा मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहानरबेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।

१५। मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

दुधमा बेसार मिसाएर खादाको फाईदा –

१। दैनिकरुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारण गर्दा हड्डी स्वस्थ तथा मजबुत हुन्छ ।

२। बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ । यसबाहेक बाथरोगका कारण हुने सुजनलाई पनि कम गर्दछ ।

३। दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन् । विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ ।

४। बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ । यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ ।

५। दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ ।

६ अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ ।

७। दैनिक एक गिलास दुधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ । यस कारण मोटोपन घटाउन पनि बेसार र दुध प्रयोग गर्न सकिन्छ ।

८। छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ ।

९। दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन् । पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ ।

Comments

comments