आखिर किन भईरहेको छ चौतर्फि बिरोध – गुठी बिधेयक

ताजा अपडेट समाचार

आखिर किन भईरहेको छ चौतर्फि बिरोध – गुठी बिधेयक

असार ३, काठमाडौं । फ्ल्यास खबर सरकारले देशका गुठीहरु व्यवस्थापनका नाममा प्राधिकरण गठन गर्न स्वार्थ समूह पोस्ने प्रावधानसिहत विधेयक ल्याएको छ । गुठी परम्परा बचाउन भन्दा गुठीका नाममा रहेका अथाह तथा अमूल्य जग्गा उपभोग गर्ने रणनीति देखाएकाले सरोकारवालाहरु आन्दोलित भएका छन् । गुठी बिधेयक २०७५ सरकारले ल्याउन लागेको गुठी बिधेगक भनेको : हाल रहेको गुठी संस्थानलाई खारेज गरी प्राधीकरणमा रुपान्तरण गर्दै , अहिले रहेको गुठीयारहरुको दायित्व र कर्तब्यबाट प्राधीकरणले चाहेको बेलामा राजनितिक प्रभावमा नियुक्ती गर्न सकिने, गुठीले भोगचलन गर्दै आएको जग्गा जमीन प्राधीकरणले आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्न गराउन सकिने , चलीआएको संस्कृती परम्परा प्राधीकरणको इच्छा र स्वार्थ निहित चलाउने, यावत असंगत र अबैज्ञानिक ढंगले गुठी र सम्पदाहरुलाई अस्तब्यस्त बनाइ यसको मौलिकतामा ह्रास ल्याउने र नष्ट गर्दै लैजाने सरकारी निती नै अहिले ल्याइएको गुठी सम्बन्धी बिधेयक हो ।

यसै क्रममा २०७६ असार ३ गते मंगलवारका दिन दक्षिणकाली नगरपालिका वडा .नं – ६ स्थित अशोका होटलमा बसेका यूवाहरुको भेलामा नेपाल सरकार वाट ल्याइएको गुठी विधेयक बिरुद्ध नेवा समुदाय र संस्कृति सम्पदाको संरक्षण हेतु देश व्यापी रुपमा भइरहेको कार्यक्रम सम्बन्धी तथा यस एतिहाँसिक सहर फर्पिङका तर्फवाट सहभागिता सम्बन्धी वसेको बैठकमा बिभिन्न निर्णयहरु गरिएको छ । फर्पिङ सहरको नेतृत्व गर्दै अगाडी बढन संघर्ष समिति गठन गरिे उक्त संघर्ष समितिको नाम “गुठी बिधेयक २०७५ संघर्ष समिति फंपि” राखिने र यस सर्घष समितिमा रोसन श्रेष्ठको संगोजकत्वमा प्रत्यक टोलवाट सहभागि हुने गरि १७ जनाको कोस समिति र उपस्थित सम्पूर्ण महानुभावहरुको सदस्यता रहने गरि संघर्ष समिति गठन गरिने भएको छ । सरकारले ल्याएको विधेयक विरुद्ध आज मिति २०७६-३-३ गते साँझ ६ वजे दक्षिणकाली नगरपालिका कार्यालय अगाडी झम्केश्वरी मन्दिर परिसरमा भेला भई मसाल, काले वत्ति, प्लेकार्ड सहित विरोध जुलुस शुरु गरी सात टोल परिक्रमा गरि पुन झम्केश्वरीमा कोड सभामा परिणत  गरिनेछ । यसै गरि २०७६-३-४ गते माईतिघर मन्डलामा हुने विरोध प्रदर्शनमा फर्पिङ झम्केश्वरीमा भेला भई जुलुस सहित प्रस्थान गर्ने भएको छ ।