आखिर कहिले हुन्छ काम सम्पन्न? सन्दर्भ दक्षिणकाली सडक

ताजा अपडेट समाचार

आखिर कहिले हुन्छ काम सम्पन्न?  सन्दर्भ दक्षिणकाली सडक

श्रावण ४,काडमाण्डौं । फ्ल्यास खबर

बल्खु–चोभार–दक्षिणकाली सडक निर्माण चारपटक म्याद थप्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन । बल्खु–दक्षिणकाली सडक सुधार आयोजनका अनुसार क्षतिपूर्ति वितरण समस्या सुल्झन नसकेपछि सडक निर्माण प्रभावित भएको हो । क्षतिपूर्तिका लागि निर्धारण गरिएको ८८ घर परिवार मध्ये ५४ ले रकम बुझिसकेका छन् । बाँकी ३४ घर परिवारले भने अझै क्षतिपूर्तिबापतको रकम बुझ्न मानेका छैनन् । यसका साथै सरकारी जग्गा भएको ठाँउमा जहाँ घर जग्गाको क्षतिपुर्तिको रकम र्तिन नपर्ने ठाँउमा समेत ठेकदारको ढिलासुस्तिका कारण सडक निर्माणमा ढिला भईरहेकोे छ । आयोजना प्रमुख जगत प्रजापतिले क्षतिपूर्तिबापतको रकम बुझ्न नचाहनेहरूको अवरोधले सडक निर्माण निर्धारित समयमा हुन नसकेको दाबी गरे । उनले भने, ‘बल्खु–दक्षिणकाली सडक निर्माणका लागि चारपटक म्याद थप भइसक्यो । तर, काम अझै सकिएको छैन । पाँचौँपटकको म्याद थप गर्न ठेकेदार कम्पनी आइरहेको छ । म्याद थप गर्नुको विकल्प पनि छैन । विशेषगरी, क्षतिपूर्तिको विवाद अझै सुल्झन सकेको छैन ।’ आयोजनाका अनुसार सडक निर्माणको ठेक्का सम्झौता २० जेठ ०७२ मा भएको थियो । २४ महिना भित्र सक्नुपर्ने म्याद थियो । तर, अहिलेसम्म सडकको आधा काम पनि भएको छैन । जव राति तव बुडि ताति भने झै जव बर्खा लाग्छ तव सडक निर्माणको कार्य सुरु हुन थाल्छ । जस्ले गर्दा सडकमा धेरै अवरोध हुने गर्दछ सथै सडक निर्माणमा पनि प्रभाव पर्छ । यस अवधिमा ठेकेदार कम्पनीले सडक निर्माणका लागि चारपटक म्याद थप गरिसकेको छ ।

सडकको लम्वाई ९ दशमलव ६ किमि र चौडाइ ७ मिटर बनाउने योजना छ । सडक निर्माणको कुल लागत २६ करोड ८७ लाख २२ हजार रुपैयाँ तोकिएको छ । निर्माणमा विलम्ब हुँदा कुल लागतको १० प्रतिशत वृद्धि हुने आयोजनाको भनाइ छ । आयोजना प्रमुख प्रजापतिले भने, ‘सडक ठेक्का सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम दुई वर्षअघि नै सकिनुपर्ने थियो । तर, काम अझै पूरा हुन सकेको छैन । हाम्रोतर्फबाट सबै काम भएका छन् । तर, क्षतिपूर्ति वितरणमा किन ढिलो भइरहेको छ बुझ्न सकिएको छैन ।’भारत सरकार नियन्त्रित एक्जीम बैंक अफ इन्डियाको सहयोगमा सडक निर्माण भइरहेको उनले बताए । निर्माणमा ठेकेदार कम्पनी सीमाञ्चल/गौरीशंकर पार्वती/सुनौलो खिम्ती संलग्न छन् । जसमध्ये सीमाञ्चल भारतीय कम्पनी हो । निर्माण सामग्री सडकमै अलपत्र स्थानीयको अवरोधका कारण निर्माण हुन नसक्दा बल्खु–दक्षिणकाली सडकखण्डको यात्रा कष्टकर बनेको छ । सडक ठाउँ–ठाउँमा भत्किएका छन् । फराकिलो र साँघुरोको अनुपात नमिल्दा सवारीसाधन दुर्घटना हुने दरसमेत बढेको छ । सडकका बीचमा खाल्डा छन् । घाम लागेको वेला धुलो र पानी परेका वेला हिलो हुने समस्या छ । ठेकेदार कम्पनीले निर्माण सामग्री सडकमै अलपत्र छाडेका छन् । कालोपत्रे गर्न ल्याइएको बिटुमिन सडक किनारमै पोखिएका छन् । गिटी, बालुवा सडकमै छरिएका छन् । यो नयाँ पत्रिका वाट लिईएको हो ।

Comments

comments