फर्पिङ प्रहरीद्धारा लागु औषध सहित मानिस नियन्त्रणमा

ताजा अपडेट समाचार

फर्पिङ प्रहरीद्धारा लागु औषध सहित मानिस नियन्त्रणमा

श्रावण १९, काठमाण्डौं । फ्ल्यास खबर

मिति २०७६/०४/१३ गते १३:५५ बजेको समयमा काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका ५ स्थित फर्पिङ बसपार्कमा चेकजाच गर्ने क्रममा भारत देश जिल्ला मोतिहारी विहार घर भएका वर्ष २५ का भुलन कुमार गुप्ताको साथबाट लागु औषध फेनारगन २८० एम्पुल(थान), डाईजेपाम २८० एम्पुल(थान), नुफिन २८० एम्पुल(थान), गरी जम्मा ८४० एम्पुल(थान) सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि महानगरीय वृत्त किर्तिपुर पठाई थप अनुसन्धान भईरहइको छ।

मिति २०७६/०४/१७ गते १३:५५ बजेको समयमा काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका ५ स्थित फर्पिङ बसपार्कमा चेकजाच गर्ने क्रममा जिल्ला सर्लाहि बलरा न.पा. वडा नं. १ घर भई जिल्ला पर्सा विरगंज १० बस्ने वर्ष २३को रमेश कापरको साथबाट लागु औषध फेनारगन ६५ एम्पुल(थान), डाईजेपाम ६५ एम्पुल(थान), नुफिन ६५ एम्पुल(थान), गरी जम्मा १९५ एम्पुल(थान) सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महानगरीय वृत्त किर्तिपुर पठाई थप अनुसन्धान भईरहइको छ।

Comments

comments