डोजो खेलका बिजेताहरुलाई बदाई तथा सम्मान

खेलकुद समाचार

माघ २६,काठमाडौं । फ्ल्यास खबर
२०७६ माघ २५ गते शनिबार दक्षिणकाली नगरपालिका वडा नं– ५ स्थित जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रमा बदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत ज्यू, सभापतिका रुपमा दक्षिणकाली कुङ्फु डोजो समितिका अध्यक्ष समिप मान श्रेष्ठ ज्यू, सभा प्रतिनिधि प्रदेश नं – ३ का सञ्जय(उग्रेन) लामा ज्यू तथा बिभिन्न संधसस्थाका प्रतिनिधिहरु उपस्थित हनुभएको थियो । दक्षिणकाली कुङ्फु डोजो समितिले सञ्चालन गरेको यस कार्यक्रममा चन्द्रागिरी नगरपालिका स्थित थानकोठको कोत घरमा माघ १६ र १७ गते सम्पन्न भएको राष्ट्रिय स्तरको डोजो प्रतियोगितामा बिजेताहरुलाई सम्मान गरिएको छ । उक्त प्रतियोगितामा दक्षिणकाली नगरपालिकाका सात जना खेलाडिहरु सहभागि भएका थिए । ति मध्य तिन जनाले जित हासिल गर्न सफल भएका छन् । जित हासित गर्नेहरु दक्षिणकाली नगरपालिका वडा नं– ५ की वाङ्सुक डोल्मा शेर्पा , दक्षिणकाली नगरपालिका वडा नं– ६ का कुमार बलामि र दक्षिणकाली नगरपालिका वडा नं– ९ का अर्जुन तामाङ रहेको यस दक्षिणकाली कुङ्फु डोजो समितिका प्रशिक्षक शंकर बलामिले बताउनु हुन्छ । उनिहरुले डोजोको थाउलो र शान्दामा प्रतिस्पर्धा गरेका थिए । प्रतिश्पर्धामा वाङ्सुक डोल्मा शेर्पाले स्वर्ण र रजत, कुमार बलामिले रजत र बेस्ट प्लेयर तथा अर्जुन तामाङले काश्य पदक प्राप्त गर्न सफल भएका छन् । खेलाडिहरुले यस कार्यक्रममा डोजो खेलको डेमो प्रस्तुत गरि कार्यक्रमको सोभा बढाएका थिए । उनिहरुलाई मेयर तथा बिभिन्न अतिथिद्धरा प्रमाण पत्र, मेडल तथा ट्रोफि प्रदान गरि सम्मान गरिएको छ ।
दक्षिणकाली नगरपालिकामा खेलकुद समिति नभएको तर कार्यबिधि बन्दै गरेकोे हुनाले खेल समितिमा राख्ने पहल हुदै गरेको बताउँदै एक हप्ता भित्र बिभिन्न बिधाका खेलका लागि नगद छुट्याईने दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत ज्यूले बताउनु भयो । उपमेयर बसन्ति डङ्गोल तामाङ्को भनाई अनुसार डोजो खेल प्रतिकार र आत्मरक्षाको लागि सहयोग हुने भएकाले नगरपालिका र आफु स्वयंमले सहयोग गर्ने प्रतिबद्दता जायर गर्नु भएको थियो । यस कार्यक्रमका बिशिष्ट अतिथि सञ्जय (उग्रेन) लामा, जो प्रदेश नं – ३ का सभा प्रतिनिधि हुनुहुन्छ उहाँले खेलकुद बिकास समितिको उचित ब्यवस्थापन गर्न पर्ने बताउँदै आवश्यक सहयोग र सरसमाग्रि उपलब्ध गराउन सभामा पहल गर्ने बताउनु भयो ।

Comments

comments