Dakshinkali Municipality Office Building

सोमबारदेखि खाद्यन्न पसल १० बजेसम्म खोल्न पाइन्छः दक्षिणकाली नगरपालिका

ताजा अपडेट नगर गतिविधि समाचार

काठमाडैं । दक्षिणकाली नगरपालिकामा रहेका खाद्यान्न पसल तथा व्यवसाय सञ्चालनको समय ३ घण्टा थप गरि बिहान १० बजेसम्म खुला गरिने भएको छ । यसअघि बिहान ४ बजे देखि ७ बजेसम्ममात्र सञ्चालन अनुमति पाएका खाद्यन्न पसलहरु सोमबारबाट बिहान १० बजेसम्म खुला हुने भएका हुन् ।

नगरपालिकामा आज(आइतबार) बसेको कोरोना भाइरस (कोभिड(१९) रोकथाम तथा नियन्त्रण नगर स्तरीय समन्वय समितिको बैठकले खाद्यान्न पसलहरु बिहान ४ बजे देखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । नगरपालिकाले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई थप प्रभावकारी रुपमा सफल गराउन नगरबासीहरुको सहयोग र भुमिका महत्वपूर्ण हुने जनाएको छ ।

Comments

comments