हरिशंकर जात्रा: दक्षिणकाली नगरपालिकामा विदा, घरमै जात्रा मनाउन आग्रह

ताजा अपडेट धार्मिक एवं साँस्कतिक

काठमाडौं । दक्षिणकाली नगरपालिकाले आज नगरपालिका क्षेत्रमा सार्वजनिक विदाकाे घाेषणा गरेकाे छ ।

फर्पिङकाे ऐतिहासिक पर्वकाे रुपमा रहेकाे हरिशंकर जात्राको उपलक्ष्यमा  नगरपालिकाले स्थानीय क्षेत्रमा विदा दिएकाे हाे ।

‘ऐतिहासिक पर्व हरिशंकर जात्राको उपलक्ष्यमा मिति २०७७/०५/२८ गते आईतवारका दिन यस नगरपालिकाको कार्यालय तथा मातहातका वडा कार्यालयहरु १ दिन बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’, नगरपालिकाद्वारा आज जारी सुचनामा भनिएकाे छ ।

कोभिड-१९ को विषम् परिस्थितिमा सामाजिक दुरी कायम गर्न लगायत स्वास्थ्य सुरक्षा सम्बन्धी नियमलाई पालना गरी घरमै बसि आ-आफ्नो परिवारजनसंग मिलेर जात्रा मनाउन समेत नगरपालिकाले आग्रह गरेकाे छ ।

काेराेना संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै सरकारले चाडपर्व, जात्रा लगायत धार्मिक अभ्यासमा निषेध गरेसँगै ऐतिहासिक हरिशंकर जात्रा समेत प्रभावित बनेकाे छ ।

 

Comments

comments