मनमोहन अस्पतालमा स्त्री तथा प्रसुती रोग सम्बन्धी स्वास्थ्य जाँच असाेज ३ गतेदेखि

अस्पताल ताजा अपडेट स्वास्थ्य

काठमाडाैं । काठमाडाैंकाे दक्षिणकाली नगरपालिकामा रहेकाे मनमोहन स्मृति सामुदायिक अस्पताल,फर्पिङमा स्त्री तथा प्रसुती रोग सम्बन्धी स्वास्थ्य सेवा सुरु हुने भएकाेे छ ।

असोज ३ गते शनिवार देखि प्रत्येक १५/१५ दिनमा इन्द्र राज्य लक्ष्मि प्रसुती अस्पताल,थापाथलीकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सोनि नेवा द्वारा नियमित जाँच सेवा सुरु हुने भएकाे अस्पताल प्रशासनले जनाएकाे छ ।

बुधबार एक सूचना जारी गर्दै अस्पतालले साे जानकारी दिएकाे हाे ।

सूचनामा भनिएकाे छ, “मिति २०७७ असोज महिनाको ३ गते शनिवार देखि प्रत्येक १५/१५ दिनमा इन्द्र राज्य लक्ष्मि प्रसुती अस्पताल,थापाथलीका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सोनि नेवा द्वारा नियमित जांच सेवा सुरु भएको जानकारी गर्दछौ ।”

अस्पतालले अग्रिम नाम दर्ता तथा थप जानकारीका लागि फोन नं ४७१००३३,४७१०३८८ मा सम्पर्क गर्न अनुराेध समेत गरेकाे छ ।

Comments

comments