तीन तेक्वान्दो प्रशिक्षकलाई अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रमाण–पत्र

खेलकुद

काठमाडाैं । नेगी लामासहित तीन नेपाली पारा तेक्वान्दो प्रशिक्षकले अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रमाण–पत्र पाएका छन् ।

नेपाल तेक्वान्दो संघ, पारा कमिटिको अन्तर्गतका प्रशिक्षक कविराज नेगी लामा, आयशा शाक्य र विकेश विडारीले इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्स प्राप्त गरेका हुन् ।

विश्व तेक्वान्दो महासंघले असोज १६ देखि १८ गते सम्म सञ्चालन गरेको पारा तेक्वान्दो अनलाईन अन्तर्राष्ट्रिय कोच सर्टिफिकेट कोर्सबाट तीन प्रशिक्षक उत्तिर्ण भएका हुन् ।

कोर्सपछि १०० पुर्णाङको परीक्षा लिइएको थियो ।

जसमा तीनै प्रशिक्षकले शतप्रतिशत अंक ल्याएका थिए । कोर्स अनुसार ७० प्रतिशत अंक ल्याएका उत्तीर्ण हुने व्यवस्था गरिएको थियो ।

Comments

comments