साेखेलकाे सेतीदेवी मा.विमा निःशुल्क आँखा शिविर हुने

स्वास्थ्य

काठमाडाैं । विश्व दृष्टि दिवस २०२० को अवसरमा यही बिहीबार काठमाडौंको दक्षिणकाली नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको आयोजना र लायन्स क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको समन्वय तथा व्यवस्थापनमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।

लियो क्लबले सोमबार एक सूचना जारी गर्दै शिविर हुने बारे जानकारी गराएको हो ।

कार्यक्रममा दक्षिणकाली नगरपालिकाको समेत सहकार्य रहने क्लबका सल्लाहकार लायन प्रमोद कुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार निःशुल्क आँखा शिविरमा कीर्तिपुर आँखा अस्पताल र फर्पिङ आँखा उपचार केन्द्रको सम्पूर्ण प्राविधिक लगायतका आवश्यक सहयोग रहनेछ ।

शिविर दक्षिणकाली नगरपालिका वडा नं ३, पावर हाउस पोखरीस्थित सेतीदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने आयोजकले जनाएको छ ।

कोरोनाको जोखिम रहेकाले अनिवार्य स्वास्थ्य मापदण्ड अपनाई उच्च सतर्कताका साथ शिविर सञ्चालन गरिने कल्बले जनाएको छ ।

क्लबका अनुसार शिविरमा सहभागी आँखाको समस्या भएका जेष्ठ नागरिकहरुको निःशुल्क आखाँको शल्यक्रिया गर्ने प्रबन्ध मिलाइएको छ ।

शिविर असोज २२ गते बिहिबार बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ ।

Comments

comments