कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो !

अर्थ व्यापार

काठमाडाैं । राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको बताएको छ ।

एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि तयारी मासुको मूल्य प्रतिकिलो दुई सय रुपैयाँबाट समेत ओरालो लागेको संघले जनाएको हो ।

कुखुरा विक्री व्यवसायी संघका पदाधिकारीका अनुसार खपत घटेपछि मासुको मूल्य तीन वर्ष यताकै सस्तो भएको छ ।

यो साताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासु प्रतिकिलो २०५ रुपैयाँ तोकेको छ ।

साउन अन्तिम साता तीन सय भन्दामाथि रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको संघका महासचिव बाबुराजा रावलले बताउनु भयो । उहाँका अनुसार मूल्य सस्तो हुँदा पनि उपभोग भने निरासाजनक छ ।

 

Comments

comments