थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि, १ हजार ५०३ डिस्चार्ज

स्वास्थ्य

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकामा २१२९ सहित देशभर ३ हजार ५ सय ५६ जनामा काेराेना पुष्टि जानकारी दिनुभयो ।

यो सँगै संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । जसमध्ये ७८ हजार ७८० निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ ।

संस्थागत आइसोलेसन तर्फ १५ हजार ४८ र २० हजार ८६७ जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ५०३ डिस्चार्ज भएका छन् ।

यस्तै आज थपिएका संक्रमितमध्ये २ हजार १२९ जना काठमाडौं उपत्यकाका छन् ।

काठमाडौंमा १ हजार ७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना नयाँ संक्रमित थपिए । पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भयो ।

 

Comments

comments