बज्रयोगिनी जात्रा
भाद्र १२, काठमाण्डौं । फ्ल्यास खवर
बज्रयोगिनी जात्राको सुरुवात कति बर्ष अघि देखि सुरु भएको एकिन रुपमा थाहा नभए पनि सयाैं बर्ष अघिदेखि चलि आएको मान्यता रहेको छ । करिब ५८ बर्ष अघिदेखि मात्र मुर्ति सहितको रथयात्रा भएको र त्यस अघि कलश यात्रा मात्र हुने गरेको थियो भने एकपटक एकजना भक्तजनले मुर्ति प्रदान गरेपछि मुर्ति सहितको रथयात्रा गर्ने गरियो भनेर मन्दिरको पुजारीले भन्नुभयो ।
पहिला बज्रयोगिनी देवता उत्पत्ति भएको बेलामा फर्पिङमा पानी नपरेर सुख्खा खडेरी लागेर बालिमा असर पर्दा बज्रयोगिनी देवताको पुजा आरधना गरेपछि पानी परेकाले यो जात्रा गर्ने र जात्रालाई ७ टोल घुमाउने प्रचलन आएको हो । त्यसपछि बाट सम्पूर्ण नेवार समुदायले उत्पादन भएको पहिले अन्न त्याहाँ ल्याएर चडाउने अर्पण गर्ने गरेका छन् । बैशाख संक्रातिदेखि हरेक महिनाको संक्रातिमा यहाँ पुजा गर्ने गरिन्छ भने जात्राको अघिल्लाे दिन देवतालाई तल लेराई नारायणडवली स्थित एउटा घरमा राखि सम्पूर्ण नेवार समुदायले पुजा गर्ने गर्दछन् ।
जात्राको दिन मान्छे मरेको घरको मान्छे वा कोहि आफ्नो सो-विवेकले व्रत बसेर आफ्नो मजाेकाङ्क्षा पुरा होस् कुनै पनि बिघ्न-बाधा नआओस् जगत प्राणि उद्धर होस् भनेर जात्रामा रथको अगाडि-अगाडि सुतेर दण्डवत प्रणम गर्ने गर्दछन् जस्लाई बाटो नाप्ने भन्ने गरिन्छ । रथको पछिपछि व्रत बसेका महिला तथा बालिकाहरु देवतालाई खुसि पार्न र आफ्नो मनोकाङ्क्षा पूरा होस् भनेर लाभा छर्ने गर्दछन् ।