अब एक हजारमै कोरोना परीक्षण

स्वास्थ्य

काठमाडौं । नेपालमा कोरोना परीक्षण अब एक हजार रुपैयाँमा नै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन बेस्ड टेस्टको शुल्क १ हजार रुपैयाँ तोकेको हो ।

मुल्य समयानुकल समायोजन हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेशनल टेस्टिङ गाइडलाइन चौथो संसोधन स्विृकृति भएको जानकारी गराउँदै गाइड लाइनमा व्यवस्था गरिएको एन्टीजेन परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त प्रयोगशालाले मात्रै गर्न पाउने बताउँनुभयो ।

उहाँले एफडिए, इयूए र स्वास्थ्य सेवा विभागमा सूचिकृत किटबाट मात्रै एन्टीजेन परीक्षण गर्न पाउने बताउनुभयो ।

प्रवक्ता गौतमले एन्टीजेनमा पोजेटिभ देखिए प्रयोगशालाहरुले सम्वन्धित स्वास्थ्य कार्यालय, ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा र सम्वन्धित व्यक्तिलाई दिने र यदि रिपोर्ट नेगेटिभ आए सम्वन्धित व्यक्तिलाई दिनपर्ने बताउँनुभयो ।

एन्टीजेन भनेको रगतको नमुनाबाट गरिने परीक्षण हो ।