Post Page

बागमतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेका तर्फबाट मन्त्री बनेका उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । खनालले राजीनामा दिएपछि अब बागमती प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र […]

बाकीं....

आर्थिक अभावमा रङ्गशालाको कामले गति लिन सकेन – Dhurmus Suntali Foundation

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०÷३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन । धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर काम गरेको हो […]

बाकीं....

मनसुन कमजोर, मौसममा सुधार

काठमाडौं  । विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार भएको छ । नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सविना शाक्यका अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले निरन्तरको भारी […]

बाकीं....

अब झुत्रा नोटबाट ब्रिकेट !

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो । सो […]

बाकीं....

गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि स्वास्थयकर्मी चिन्तित

डोटी । जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको भन्दै स्वास्थ्यकर्मी चिन्तित बन्ने गरेका हुन् । अन्तर्राष्ट्रिय दातृ निकाय आइपासको आर्थिक सहयोग तथा जिल्लामा कार्यरत संस्था सामुदायिक […]

बाकीं....

माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् । बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । प्रेस संयोजक सापकोटाका अनुसार बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रीत […]

बाकीं....

टेकुस्थित महानगरीय प्रहरी परिसर नजिकै आगलागी

काठमाडौं । काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं नजिकै रहेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ। आगो नियन्त्रणमा लिन स्थानीय, प्रहरी परिचालन गरिएको छ भने दमकलसमेत पुगिसकेको प्रहरीले जनाएको छ।

बाकीं....

धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु

धादिङ । गजुरी गाउँपालिका-५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज सोमबार दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्‍याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । मृत्यु हुनेमा स्याङ्जा […]

बाकीं....

मनसुन कमजोर हुँदै

काठमाडौँ । विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, […]

बाकीं....