निपा भाइरसको जोखिमबारे सतर्क रहन आग्रह

निपा भाइरसको संक्रमण निपा भाइरसका कारण हुने एक गम्भीर र खतरनाक भाइरल रोग हो, जो मुख्यतः पशुबाट मानिसमा सर्ने गर्दछ। यो भाइरस प्राकृतिक रूपमा टेरोपस प्रजातिका चमेरोमा पाइने गर्दछ। चमेराको जुठो, पिसाब वा दिसाबाट प्रदूषित भएका फलफूल तथा अन्य खानेकुरा सेवन गर्दा मानिसमा संक्रमण सर्ने जोखिम रहन्छ। निपा भाइरस पहिलो पटक सन् १९९९ तिर मलेसिया […]

बाकीं....
Winner Ward 9

वडा नं. ९ विजयी: दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ को उपाधि हात पार्यो

दक्षिणकाली नगरपालिकामा सञ्चालन भएको “दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२” को रोमाञ्चक फाइनल खेलमा वडा नं. ९ ले वडा नं. ५ लाई ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। त्रिभुवन आदर्श मा.वि.को खेल मैदानमा सम्पन्न फाइनल खेल दर्शकको उत्साहजनक उपस्थितिका बीच अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। खेलको सुरुवातदेखि नै दुवै टोलीले […]

बाकीं....

मानबहादुर कपको सफलता सँगै उब्जियको प्रश्‍न

दक्षिणकालीमा सम्पन्न दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ ले फेरि एकपटक प्रमाणित गरिसकेको छ  कि —फुटबल केवल खेल होइन, युवाको ऊर्जा, जोश र समुदायको पहिचानको प्रतीक पनि हो। प्रतियोगिताको मुख्य विशेषता केवल खेलमा सीमित रहेन, उत्कृष्ट व्यवस्थापन, अनुशासित सञ्‍चालन र सामुदायिक सहभागिताले यसलाई सफल र स्तरिय बनाएको छ। यसका लागि शहीद मानबहादुर स्मृति प्रतिष्ठान धन्यवादको […]

बाकीं....

दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२: फुटबलमार्फत एकता, सम्मान र उत्साह

दक्षिणकाली नगरपालिकामा शहीदको सम्झना, खेलकुदको प्रवर्द्धन र सामुदायिक एकताको सन्देश बोकेर “दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२” भव्य रूपमा सञ्चालन भई अहिले फाइनल चरणमा प्रवेश गरेको छ। शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा तथा दक्षिणकाली नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको यस प्रतियोगिताले नगरभरि खेलकुदमय वातावरण सिर्जना गरेको छ। गौरवमय सुरुवात माघ ०३ गते फर्पिङ खेल मैदानमा […]

बाकीं....

सामाजिक सुरक्षा भत्ता कार्यक्रममा दक्षिणकाली नगरपालिकाको प्रभावकारी कार्यान्वयन

नेपाल सरकारले आर्थिक रूपमा विपन्न, सामाजिक जोखिममा रहेका तथा विशेष संरक्षणको आवश्यकता भएका नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको सामाजिक सुरक्षा भत्ता कार्यक्रम एक महत्वपूर्ण सामाजिक संरक्षण कार्यक्रम हो। यस कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख आदिवासी जनजाति तथा बालबालिका लगायतका लक्षित समूहलाई नियमित नगद सहायता प्रदान गरदै आएको […]

बाकीं....

दक्षिणकालीमा महिलाका लागि निःशुल्क विशेष स्वास्थ्य शिविर: क्यान्सर र प्रजनन अङ्गसम्बन्धी रोगको स्क्रिनिङ्ग गराइने

दक्षिणकाली नगरपालिकामा महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रजनन अङ्गको प्रोल्याप्स् (आङ खस्ने) तथा फिस्टुला जस्ता जटिल समस्याको निःशुल्क स्क्रिनिङ्गसहित विशेष स्वास्थ्य शिविर आयोजना हुने भएको छ। शिविरमा महिला रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) सहितको स्वास्थ्य टोलीबाट परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर नेपालमा महिलामाझ तीव्र रूपमा बढ्दो […]

बाकीं....

एक प्यानल छलफल सम्पन्न

दक्षिणकाली । २०८० चैत्र १८ गते आईतबार , नेपाल युएस अल्मनाइ नेटवर्क नुसान र शिखरापुर क्याम्पसको संयुक्त आयोजनामा महिलाहरूको ऐतिहासिक महिना मार्च अन्तर्राष्ट्रिय नारी दिवस २०२४ का सन्दर्भमा एक प्यानल छलफल सम्पन्न भएको छ। नुसान अमेरिकी सरकारको सहयोगमा नेपालबाट विविध क्षेत्रमा समाजमा अब्बल सावित भएका युवाहरुलाइ विविध कार्यक्रममा अमेरिकामा अबलोकन, तालिम तथा सिकाइ प्रदान गर्न […]

बाकीं....
cleaning-progarm

सामुदायिक साझेदारी कार्यक्रमः सरसफाईमा जुटे जनप्रतिनिधी

काठमाण्डौं । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिका वडा नं ३ र प्रहरीको संयुक्त पहलमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । वडा नं ३ का जनप्रतिनिधि, स्थानिय र आर्य तारा स्कुलमा अध्यनरत विद्यार्थीहरुको उपस्थितिमा आर्य तारा स्कुल देखि सेतिदेवी मन्दिर सम्म जाने बाटो र सेतिदेवी मन्दिर परिसरमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रम बिहान ७ […]

बाकीं....

दक्षिणकालीका डा. अर्याल सरकारको मुख्य सचिवमा नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव रहनुभएका अर्याललाई सरकारको मुख्य सचिवमा नियुक्त गरिएको हो । बिहिबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डा. अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ भने हाल रहेका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने […]

बाकीं....

राष्ट्रिय जनगणना २०७८ अनुसार दक्षिणकालीको जनसंख्या आकार र वितरण

दिलिप के.सी, काठमाण्डौं । वि.सं. २०७८ कार्तिक-मंसिर महिनामा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । उक्त जनगणनालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण सरोकारवाला महानुभावहरु तथा उत्तरदाताहरुमा राष्ट्रिय तथ्याङ्क कार्यालयले विशेष धन्यवाद व्यक्त गरेको छ । जम्मा जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ अनुसार दक्षिणकालीको कुल जनसङ्ख्या २६३७२ रहेको […]

बाकीं....