Post Page

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बस दुर्घटना, चालकको मृत्यु, ८ जना घाइते

वीरगञ्ज । हेटौंडा-पथलैया सडकखण्डमा पर्ने चुरियामाई मन्दिरको ओरालोमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए […]

बाकीं....

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डरीले उक्त अध्यादेश जारी गर्नुभएको उल्लेख छ ।

बाकीं....

काठमाडौंमा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइँदै

काठमाडौँ  । काठमाडौँ स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोपको पहिलो मात्रा सर्वसाधारणलाई दिन थालेको छ । विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई कार्यालयले एस्ट्राजेनिकाको पहिलो मात्रा दिइन थालेको हो । कार्यालय प्रमुख बद्रीबहादुर खड्काले यही भदौ १ गतेदेखि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई खोप लगाउन थालिएको जानकारी दिनुभयो । जापान र भूटानबाट आएको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाएको […]

बाकीं....