जननेत्र पुस्तकालयको बाचनालय अभियान
श्रावण ४, काठमाण्डौ । फ्ल्यास खबर
जननेत्र पुस्तकालयले हरेक वडामा एक एक वटा वाचनालय स्थापना गर्ने अभियान सुरु गरेको छ । दक्षिणकाली वडा नं – ६ फूलचेकमा एउटा वाचनालय स्थापना भई सकेको छ भने वडा नं – ३ मा आज वाट अनैपचारिक रुपमा सूरुवात भइसकेको छ । जननेत्र पुस्तकालयका अधयक्ष सैलेस मान्नधर भन्नु हुन्छ –“ वाचनालयमा आएर पत्रिका र अन्य पुस्तकहरु पढ्ने मानिसहरुको नराम्रो कुलत छुटि राम्रो सफल बाटो तिर लाग्ने र मानिसहरुमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने हुँदा हरेक वडामा वाचनालय आवश्यक देखिन्छ । सेतिदेवि सामुदायिक संस्थाका अध्यक्ष उत्तम कुमार के.सि बताउनु हुन्छ – हामी यस प्राचिन पाटि जस्ले शताब्धि भन्दा पनि अगाडिको ईतिहाँस बेकेको छ जसको पुनर्निमाण कार्य संग संगै परिवर्तन कार्य गर्न पाउँदा निकै नै खुसि छौ । उहाँ भविस्यमा वाचनालयलाई e – library मा रुपान्तरण गर्ने सेच रहेको र प्रचिन संरचनाको संरक्षण गर्दै अगाडि बड्ने कुरा पनि बताउनु भएको छ ।