अझै पानी पर्ला भन्ने त्रासमा

ताजा अपडेट विविध

अझै पानी पर्ला भन्ने त्रासमा

श्रावण ८, काठमाण्डौ । फ्ल्यास खबर

फर्पिङ् क्षेत्रमा असहाय बृद्धबृद्धाहरुलाई सहारा दिन बज्र म्याट्रिक्सले २०६५ सालमा बृद्धाश्रमको दर्ता गराएको थियो । विभिन्न सहयोगिदाता, संघ-संस्थाको  सहयोगमा बज्र म्याट्रिक्सले सप्ताह कार्यक्रम समेत सञ्चालन गरि आर्थिक सहयोग जुटाई शेषनारायण मन्दिर संगै रहेको जग्गामा २०६८ सालमा जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्र स्थापना भयो । यसले देशका विभिन्न भागहरुबाट आएका असहाय तथा सहारा बिहिन बृद्धबृद्धाहरुलाई नर्सिङ् सेवा सहित बृद्धाश्रमको सेवा प्रदान गर्दै आएको छ ।

स्थानिय सरकारको बाटो सुधारको आयोजनामा उक्त केन्द्रको भवन संगै रहेको भित्ता खनि बाटो बिस्तार गर्ने भए पश्चात हाल भएको भारी बर्षाका कारण उक्त बृद्धासश्रमको पर्खाल चर्किएको र जमिन भासिएर बृद्धबृद्धाहरु बसेको भवन नै जोखिममा परेको छ । स्थानिय जनसमुदायहरुको संकलित रकम वाट बनेको उक्त भवनलाई समयमा नै बचावटका लागि ध्यान पुर्याउन सकिएन भने बृद्धबृद्धाहरुको पुन: बिचल्लि हुन सक्ने भएकाले संबन्धित नगरपालिका, सरोकारवाला संघसंस्थाहरु तथा सहयोगी आम समुदायहरुले तत्काल ध्यान दिनु जरुरी छ ।