असोज २, काठमाडौं ।
दक्षिणकाली नगरपालीका वडा नं – ५ फर्पिङ बसपार्कको फूटबल चौउर भन्दा तल रहेको पुरानो शितल हलमा अबस्थित दक्षिणकाली फलफूल तथा तरकारी बजारमा सम्पुर्ण तरकारि, फलफुल, मासु (कुखुरा, खसी), अन्डा होलसेल तथा खुद्रा (सुपथ मुल्यमा) बिक्रि भइरहेको छ । साथै यहाँ प्लास्टिक, कागजको अन्य सामानहरु पनि सुपथ मुल्यमा उपलब्ध छ ।
ग्राहाक बर्गको सुबिधा लाई मध्यनजर गर्दै अझ प्रभाबकारि बनाउन ऊक्त स्थानमा अब सम्पुर्ण खाध्यान्न पनि सुपथ मुल्यमा उपलब्ध भएका छन् । यसले गर्दा अब देखि ग्रहाकले सम्पुर्ण खाध्यान्न, तरकारि, फलफुल, मासु (कुखुरा, खसी), अन्डा होलसेल तथा खुद्रा (सुपथ मुल्यमा) पाउनुको साथै प्लास्टिक, कागजको अन्य सामानहरु एकै छानामुनि पाउने भएका छन् ।
दक्षिणकाली फलफूल तथा तरकारी बजारमा संचालक चन्द्र बहादुर के.सि. भन्नु हुन्छ “हामि कहाँ आउने ग्राहाकहरुकै माग अनुसार हामिले किराना पसल पनि संचालनमा ल्याएका हौं । तरकारि, फलफुल, मासु र अन्य सामान खरिद गर्न आउने क्रममा ग्राहाकबाट आएको जिज्ञासा र आवश्यकताको परिपुर्ति हुने गरि थप सेवा दिएका हौं । आफ्नै स्थानिय ठाँउमा उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गदै आएको यस बजारमा सबै थोक स्वच्छ र ताजा पाउँन सकिन्छ ।”
आजको समयमा कुनै पनि सामानहरु किन्द विचाौलियाहरुको कारण सर्वसाधारणहरुले धेरै महङ्गी खेप्नु परेको छ । यस्तो अवस्थामा आफ्नो घर आँगनमा रहेको यस बजार वाट खरीद गर्दा हामीले धेरै नै सुपथ मुल्यमा सामानहरु प्राप्त गर्न सक्छौं । पैसा र समय खर्च गरिगरि काठमाडौं गएर बिदेशवाट ल्याइएको बासि तथा ओइलाएको फलफूल र तरकारी खरिद गनु भन्दा आफ्नै स्थानिय ठाँउमा उत्पादन भएको तरकारी तथा फलफूल खरिद गरि पैसा, समयको बचतका साथ साथै आफ्नो स्वास्थ्यको पनि सुरक्षा गर्न सकिन्छ ।