health-insurance

स्वास्थ्य बीमा सेवा शुभारम्भ

ताजा अपडेट ब्रेकिंग समाचार स्वास्थ्य

दक्षिणकाली नगरपालिकामा आज २०७८/११/०१ गते आइतबारका दिन स्वास्थ बीमा सेवा शुभारम्भ भएको छ। चाल्नाखेल प्रथमिक स्वास्थ केन्द्रमा भएको शुभारम्भ कार्यक्रमा आम नागरिकलाई बीमामा आबद्ध गराइ स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्न यो कार्यक्रमले निकै सहयोग पुराउने बताइएको छ । अधिकतम परिवार  सङ्ख्या ५ जना  भएको घर धुरिलाइ रु ३५०० बिमा रकम तोकिएको छ भने ५ जना भन्दा बढि  परिवार सङ्ख्या भएमा प्रति सदस्य रु ७०० को दरले बीमा रकम थप्दै जानु पर्नेछ । बीमितहरुलाई तोकिएको अस्पतालमा रु १ लाख बराबरको निशुल्क उपचार पाउने छन् ।

उपत्यकामा भएका नगरपालिकाहरु मध्य स्वास्थ बिमा सुरु गर्नेमा दक्षिणकाली नगरपालिका प्रथम भएको छ । बिकास निर्माणको काम भन्दा पनि सम्पुर्ण नगरबासीहरुको स्वास्थ्यमा ठुलो ठाँनि हरेक घरधुरीलाइ नगरपालिका बाट रु १००० अनुदान दिने नगर प्रमुख मोहन बस्नेतले बताउनु भयो । नगरपालिकाको अनुदान पछि हरेक घर धुरिले रु २५०० मा नै ५ जना सम्मको बिमा गर्न पाउने छन् ।