हरिशँकर जात्रा शुभारम्भ
भाद्र २३, काठमाण्डौं । फ्ल्यास खबर
भाद्र शुक्ल पुर्णिामा अर्थात् आज भाद्र २८ गतेकाे दिन परम्परागत तवरले हरिशँकर जात्रा शुभारम्भका लागि फर्पिङ्काे नेवार समुदायका आचार्य कर्माचार्य र श्री गाेपालेश्वर महादेव मन्दिरकाे पुजारी द्वारा जल तथा मन्दिरको साँचाे लेराइ जात्रा सुचारु गर्न व्यवस्था गरिनेछ। साे लगत्तै आज दिउँसो फर्पिङ् बासि मिलेर काेटालटाेल गणेश मन्दिर अगाडि श्री गाेपालेश्वर महादेवकाे रथ-खट बनाइन्छ र साँझ ८-९ बजे काेटालटाेलबाट केही दुरि माथि श्री गाेपालेश्वर सहकारी संस्था अगाडि रथ बिसाइन्छ । यस लगत्तै फर्पिङ्काे धार्मिक हरिशँकरकाे जात्रा शुभारम्भ हुनेछ ।