काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरि घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार एक सयमा झरेको छ ।
सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
आज चादीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा नै कारोबार भैरहेको छ।
चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।