अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना बन्द

समाचार

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना बन्द गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको हाे ।

यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको बताइएकाे छ ।

बैठकले जोखिमको अवस्था कायमै रहेको र भारतमा पनि कोरोना संक्रमण बढिरहेकाले सीमा बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय कार्ययोजना पारित गरेको छ ।

बैठककाे औपचारिक निर्णय सार्वजनिक हुन बाँकी छ ।