कहिले फ्यालाफ्याल कहिले हाहाकार

ताजा अपडेट विविध समाचार

कहिले फ्यालाफ्याल कहिले हाहाकार

श्रावण १४, काठमाण्डौं । फ्ल्यास खबर

बर्खाको समयमा लगातार भईरहेको भारि बर्षाका कारण सबै ठाँउहरुमा पानीका मुहानहरु फुटोका छन् । मुहानहरुवाट निस्केको पानी कतै गएर पहिरोजाने त कतै बाटो सडकहरुमा हिलो बनाउने काम मात्र भईरहेको छ । यसको सहि उपयोग गर्न सके हाम्रो गाँउ समाजमा हुने पानीको समस्यालाई कम गर्न सकिन्छ ।

हामी सबैले आफ्नो करेसा, आँगन, बारिमा फुटोको मुलको पानीकोे आफैं व्यवस्थापन गर्न सक्छौ । सबै तिरको मुलको पानीलाई एउटा ठाँउमा ठुलो खाल्टोमा जम्मा गर्न सकिन्छ । पछि पानीको अभाव भएको समयमा कुनै पनि तरिका वाट यसको प्रयोग गर्न सकिन्छ । त्यो पानी खेत बारीमा तरकारीमा लगाउन सकिन्छ भने प्रसोधन गरेर पिउन पनि पनि सकिन्छ ।