‘काठमाडौं उपत्यका २०-२५ दिन ठप्प नपारे अवस्था भयावह’

समाचार

काठमाडौं । सांसद उमेश श्रेष्ठले काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएकाले जाेखिम नियन्त्रण र राेकथामबारे गम्भिर हुन सरकारकाे ध्यानाकर्षण गर्नुभएकाे छ ।

केही दिनअघि मात्रै कोरोना संक्रमणमुक्त बन्नुभएका सांसद श्रेष्ठले काेराेना नियन्त्रण गर्न दसैं र तिहारकाे नजिकिँदै गरेकाे अवस्थामा सरकारले कडा लकडाउनको घोषणा नगरे व्यक्तिसँगै काठमाडौंबाट कोरोना भाइरसको संक्रमण गाउँगाउँमा पुग्ने बताउनुभयाे ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा सांसद श्रेष्ठले भन्नुभयाे , ‘काठमाडौं उपत्यकामा २०-२५ दिन ठप्प गरेर कोरोना भाइरस फैलिनबाट रोकथामको विधि नअपनाउने हो भने समस्या समाधान हुन्न । दसैं-तिहारमा मान्छेको आवतजावत बढिरहेको छ । यस्तो बेला सरकारले गम्भीर निर्णय गरेर अगाडि जानुपर्छ ।’

अहिले लकडाउन गर्ने उपयुक्त बेला भएको सांसद श्रेष्ठको सुझाव थियो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथामका लागि पर्याप्त काम नभएको सांसद श्रेष्ठको आराेप छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ‘बेहोस भएपछि वा बेहोस होलाजस्तो भएपछि मात्रै अस्पताल आउनु’ भनेर दिएको अभिव्यक्तिप्रति पनि सांसद श्रेष्ठले गम्भीर आपत्ति जनाउनुभयाे ।