समुदाय प्रहरी साझेदारी अन्तर्गत एकदिने नि: शुल्क स्वास्थ्य परीक्षण संचालन

स्वास्थ्य

 

समुदाय प्रहरी साझेदारी अन्तर्गत एकदिने नि: शुल्क स्वास्थ्य परीक्षण संचालन :

फागुन ०८,  काठमाडौं । फ्ल्यास् खबर

ईलाका प्रहरी कार्यालय, फर्पिङको आयोजना तथा मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ र बी.पी. नेत्र प्रतिष्ठान बाल आँखा, नाक, कान, घाटी अस्पताल एवं पुनर्स्थापना सेवा भक्तपुरको प्राविधिक सहयोगमा मिति २०७५ फागुन ८ गते सवारी चालकहरुको लागि एकदिने नि: शुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरिएको थियो। शिविरमा २२६ जना सवारी चालकहरुले आफ्नो स्वास्थ्य परीक्षणबाट लाभ लिएका थिए । शिविरमा रक्तचाप लगायत अन्य स्वास्थ्य परीक्षण गरिएको थियो र सबै चालकहरुको आँखाको दृष्टि र कलर भिजनको परीक्षण गरिएको थियो ।

प्राविधिकहरुका अनुसार ६ जना चालकहरुमा कलर भिजन र ५ जनामा टाढाको दृष्टि कमजोर भएको पाईएको थियो । दृष्टि र कलर भिजन कमजोर भएका चालकहरुलाई थप परीक्षण तथा उपचारका लागि बी.पी. नेत्र प्रतिष्ठान भक्तपुरमा जानको लागि सल्लाह दिईएको थियो । चालकहरुको स्वास्थ्य समस्याको समयमै पहिचान गरी भविष्यमा हुन जाने दुर्घटनाहरुलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविरको आयोजना भएको हो ।