समुदाय प्रहरी साझेदारी – शान्तिपूर्ण एवं सुरक्षित समाजको लागि
फागुन ०९, काठमाडौं । फ्ल्यास् खबर
प्रहरी र सर्वसाधारण बिचको अन्तरकृया कार्यक्रम मिति २०७५ फागुन ९ गते, विहिबारका दिन सम्पन्न भएको छ । शान्तपूर्ण एवं सुरक्षित समाजका लागि नागरिक आफै जागरुक भई समाज प्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिईएको थियो ।
सामुदायिक प्रहरी केन्द्र, फर्पिङद्वारा आयोजित कार्यक्रमको मूल नारा “हर प्रहर गाउँ र नगरी टोल-टोलमा नेपाल प्रहरी” भन्ने रहेको थियो । आफ्नो गाउँ, टोल र घरमा भएका समस्याहरुलाई प्रहरी सम्म पुग्न नदिई आफै समाधानका उपायहरु खोज्नु पर्ने धारणा व्यक्त भएको थियो । कार्यक्रम दक्षिणकाली नगरपालिकाको सभाहलमा संचालन भएको हो । कार्यक्रममा ९ वटै वडामा गठन भएका सामुदायिक प्रहरी, इलाका प्रहरी, नगरपालिकाका पदाधिकारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।