होटेलमा खाजा खाएर निस्किने बेलामा सोप खाने गर्नुहुन्छ ?
श्रवण १२, काठमाण्डौं । फ्ल्यास खबर
सोप हरेक घरको भान्सामा पाइने एक प्रकारको मसला हो । कतै होटेलमा खाएर निस्किने बेलामा जसले पनि सोप खाने गरेको पाइन्छ । हामीजसो धेरैले खाना वा खाजा खाइसके पछि सोप चपाउने गर्छौं । सोप न त स्वादिलो हुन्छ, न त बेस्वादको नै हुन्छ । यसलाई स्वादको लागि धेरै जसो मानिसले अलिकति चिनी तथा मिश्रीसंग मिसाएर खाने गर्छन् । सोप क्याल्सियम, सोडियम, आयरन तथा पोटासियमको स्रोत हो जसमा धेरै औषधिय गुणहरु हुने गर्छन् । खाना खाइसकेपछि सोप चपाउनुको धेरै फाइदाहरु छन् ।
यसले हाम्रो शरीरलाई चिसोपन प्रदान गर्ने भएकोले यसलाई गर्मीको मौसममा निकै खाने गरिन्छ । यसको सेवनले हाम्रो मुखमा ताजापन ल्याउनुका साथै हाम्रो मुखको दुर्गन्ध समेत हटाउन मद्दत गर्छ । सोपलाई पाचकको रुपमा खान पचाउनका लागि समेत प्रयोग गरिन्छ । यसको नियमित सेवनले हाम्रो पाचन तन्त्रलाई सक्रिय गरेर खाना पचाउनुका साथै अरुचि, कब्जियतको समस्यालाई हटाउन मद्दत गर्छ । पखाला लागेको बेलामा होस् वा पेट सम्बन्धि कुनै पनि समस्या भएमा सोपको सेवन निकै उपयोगी हुन्छ । सोप र मिश्रीलाई खाएर पानी पिउने गर्दा यस्ता समस्याहरु तुरुन्तै कम भएर जाने गर्छ । मुखबाट अमिलो पानी वा अमिलो डकार आएमा सोपको सेवन लाभदायक हुन्छ । भुटेको सोपलाई चपाएर खाएमा यसले पेट सम्बन्धि सम्पूर्ण समस्या नाश गर्नुका साथै पेटको दुखाईलाई पनि कम गर्न मद्दत गर्दछ । नियमित रुपमा खाना खाएपछि सोपलाई चपाएर खानाले छालामा समेत चमक आउने गर्छ । हात तथा खुट्टा झमभाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सोप र मिश्रीलाई पानीसित खानाले हातखुट्टा पोल्न समस्या वस्तारै कम भएर जान्छ । घाटी बसेमा वा घाँटीको करणले खोकी लागेमा सौपलाई मह संग चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै खोकीको समस्या निको भएर जान्छ । सोपमा भरपुर आइरन पाइने हुदा यसले रातो रगत कोशीकाको निर्माण गर्नुका साथै रगतमा हेमोग्लोब्लिनको मात्रा बढाउन मद्दत गर्छ । नियमित रुपमा सोपको सेवनले आँखालाई तेजिलो पार्नुका साथै हाम्रो स्मरण शक्तिलाई समेत बढाउन मद्दत गर्छ ।