महाशिवरात्रीको अवसरमा गोपालेश्वर मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।
फागुन १९, काठमाडौं । फ्ल्यास् खबर
महाशिवरात्रीको पावन अवसर पारी ईलाका प्रहरी कार्यालय, फर्पिङ, सामुदायिक प्रहरी सेवा केन्द्र, फर्पिङ, गोपालेश्वर क्षेत्र प्रबन्ध समाज तथा दक्षिणकाली परोपकार युवा क्लबको संयुक्त आयोजनामा गोपालेश्वर मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ईलाका प्रहरीका जवानहरु, गोपालेश्वर क्षेत्र प्रबन्ध समाजका पदाधिकारीहरु, दक्षिणकाली परोपकार युवा क्लबका पदाधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु लगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो । हाल गोपालेश्वर मन्दिर गुम्बज शैलीमा रहेकोले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभागबाट करिब ३ करोड ७६ लाख रुपैयाँको निकासा सहित २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिईएको छ । गोपालेश्वर मन्दिर वि.सं. १९९० सालको महाभूकम्पभन्दा अगाडि तले शैली अर्थात ३ तल्लाको रहेकोले सोही बमोजिम मन्दिर पुनर्निर्माण कार्यको थालनी भईरहेको छ ।
फोटो : Momento Graphy