समुदाय प्रहरी साझेदारी कार्यक्रमको वडा बैठक सम्पन्न
फागुन २३, काठमाडौं । फ्ल्यास् खबर
समुदाय प्रहरी साझेदारी कार्यक्रमको वडा बैठक मिति २०७५ फागुन २३ गते दक्षिणकाली नगरपालिका वडा नं ३ स्थित वडा कार्यालयमा सम्पन्न भएको छ । यस कार्यक्रम प्रहरी वडा समितिका संयोजक दक्षिणकाली नगरपालिका वडा नं ३ का कार्यबहाक वडाध्यक्ष श्री कर्ण बहादुर श्रेष्ठ ज्युको अध्यक्षतामा सम्पन्न भएको हो। वडा नं १ र वडा नं २ मा बैठक सम्पन्न भई सकेको छ । सो कार्यक्रमले वडा वडामा गई त्यहाँ के कस्ता समस्याहरु छन् र त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषयमा जोड दिएको छ । आसपासका क्षेत्रभित्र चोरी, लुटपाट, सार्वजनिक स्थल संरक्षण र लागू औषध दूर्व्यसनीलाई कम गर्ने लगायतका बिषयमा छलफल भएको छ । सहभागीले आ-आफ्नो वडामा भएको समस्यालाई प्रहरी सम्म पुग्न नदिई कसरी आफै समाधानका उपायहरु खेज्नु पर्ने अवधारणा ब्यक्त भएको छ ।