फर्पिङ माध्यमिक विद्यालयको शतवार्षिक उत्सव

ताजा अपडेट शिक्षण संस्था शिक्षा

फर्पिङ माध्यमिक विद्यालयको शतवार्षिक उत्सव :

फागुन १९,  काठमाडौं । फ्ल्यास् खबर

राणा शासनको समयमा आम जनताका छोराछोरीले पढ्न त के पढ्ने कुरा सोच्न पनि गारो हुने अवस्थामा काडमाडौं उपत्यकावाट करिव १६ कि.मी. दक्षिणमा रहेको फर्पिङ (शिखरापुर नगरी) मा देव सम्शेरको पालामा बि.सं. १९७६ सालमा दक्षिण क्षेत्रकै पहिलो र सम्भवत काठमाडौकै पुरानो मध्यको एक विद्यालय भाषा पाठशालाको रुपमा स्थापना भयो । वेद, शास्त्र, कौमुदिकी जस्ता धार्मिक अध्ययन अध्यापनवाट शिक्षाको ढोका खोलेको भाषा पाठशालाले बिस्तारै विद्यालयको रुप लिन थाल्यो । विद्यालय सञ्चालन गर्ने स्थिति त्यति सहज नभएता पनि धरमराउदै संस्कृत पढाईबाट उठेको भाषा पाठशाला जसोतसो उभियो । यसका पछाडी मेहनती हातहरु, ब्यक्तिहरु थिए जसका कारण आज यही पाठशाला ईतिहास रच्ने तयारीमा छ र आज फर्पिङ माध्यमिक विद्यालय बनेको छ । प्‍लान नेपाल तथा विभिन्न दातृ निकायको सहयोगमा दक्षिणकाली नगरपालिका वडा नं. ६ झम्केश्वरीमा विद्यालयको भवन निर्माण भयो । हाल सो भवनमा दक्षिणकाली नगरपालिका कार्यालय रहेको छ । विद्यालयको नयाँ भवन वडा नं. ६ थल्कुटोलमा निर्माण गरी हाल सोही स्थानमा मन्टेश्वरी देखि उच्‍च शिक्षासम्मको अध्ययन अध्यापन भई रहेको छ । त्यहि विद्यालय आज उच्च शिक्षा दिने एउटा बलियो थलो बनि अहिले १०० वर्षको संघारमा छ । त्यहावाट हजारौ विद्यार्थीहरुले ज्ञान प्राप्त गरी देश बिदेशमा पुगी नाम कमाई सफल भएका छन् । ईतिहास बोकेको यो विद्यालयले आज पनि आफूलाई अब्बल साबित गर्दै अगाडी बड्दै आएको छ । ईतिहास देखि नै संर्घर्ष गर्दै उभिएर आएको यस विद्यालयलाई हाम्रो तर्फबाट समेत शुभकामना व्यक्त गर्दछौं ।