दक्षिणकाली रुटको फेरि अर्को बस दुर्घटना :
चैत्र १२, काठमाडौं । फ्ल्यास् खबर
मिति २०७४ साल चैतको दुर्घटनालाई भुल्न नपाउँदै फेरि मिति २०७५ चैत १२ गते छैमले बाट रत्नपार्क जाँदेै गरेको अर्को सार्वजनिक यातायात (बस) दुर्घटना भएको छ । बिहानी पख करिव ६: ३० बजे दक्षिणकाली न.पा.२ हात्तिबन स्थित हवेली चौर नजिकको मोडमा ना. ३ ख. १४४४ नं. को यात्रुबहाक बस दुर्घटना भएको हो । उक्त बसमा ३५ जना यात्रु चढेको बसमा करिब २२ जना सामान्य घाइते भएका छन भने २ जनाको अवस्था गम्भीर रहेको छ। सामान्य घाइतेहरुलाई फर्पिङकै मनमोहन स्मृति सामुदायिक अस्पताल लगिएको छ भने गम्भीर घाइतेहरुलाई बल्खुको बयोधा अस्पतालमा उपचारको लागि लगिएको छ ।
सार्बजनिक यातायातलाइ लापरबाहिका साथ न्यूट्रलमा तीब्र गतिमा लगिएको कारण अनियन्त्रित भई दुर्घटना भएको यातायातमा सवार सामान्य घाइतेहरुले बताएका छन् । घटना स्थलमा ईलाका प्रहरी कार्यालय फर्पिङका प्रहरी, कीर्तिपुरबाट ए.पि.एफ.को टोली पनि अनुसन्धान तथा उद्धारका लागि तुरुन्त आएका छन ।