निर्माण सम्पन्न हुँदै बल्खु-दक्षिणकाली सडक

ताजा अपडेट पूर्वाधार विकास समाचार

निर्माण सम्पन्न हुँदै बल्खु-दक्षिणकाली सडक :

फागुन १९,  काठमाडौं । फ्ल्यास् खबर

भक्तपुर-नगरकोट-सिपाघाट, बल्खु-दक्षिणकाली सडक योजना अन्तर्गतको बल्खु-दक्षिणकाली योजना सडक विभाग तथा गौरी पार्वती निर्माण सेवा प्रा.लि. कन्ट्राक्याटर बिच सम्झौता भई सडक स्तरउन्नतीको कार्यको थालनी भएको तर निर्माण सम्पन्न नभई सडक हस्तान्तरण नहुदै बर्षाको कारण केहि समयमा नै ठाउँठाउँमा खाल्डाखुल्डी परी सडक जीर्ण बन्दै गई रहेको अवस्था छ । ईश्वरी राजमार्गको रुपमा बि.सं. २०२२ सालमा स्थापित बल्खु-दक्षिणकाली सडक खण्ड हाल ३ नं. प्रदेश केन्द्र, हेटौंडा जोड्ने बैकल्पिक मार्गको रुपमा स्थापित भई सकेको छ । हिन्दुहरुको शक्तिपिठ दक्षिणकाली मन्दिर, गोपालेश्वर मन्दिर, शेषनारायण मन्दिर बौद्धमार्गीहरुका लागि पद्‌मशम्मभवले तपस्या गरेको असुरा गुफा तथा ह्याङलासी गुम्बा लगायतका धार्मिक तिर्थ स्थल लगायत कीर्तिपुर तथा दक्षिणकाली नगरपालिकाको विभिन्न पर्यटकीय स्थलहरु जाने प्रमुख मार्गको रुपमा यस बल्खु-दक्षिणकाली सडक रहेको फर्पिङ-हुमाने-कुलेखानी हुँदै टिस्टुङ-पालुङ-दामन जानको लागि तथा फर्पिङ-छैमले-कुलेखानी-देउराली हुँदै हैटौंडासम्म आउन जानको लागि छोटो दुरीको बैकल्पिक राजमार्ग सावित भएको छ ।

निर्माणाधिन बल्खु-दक्षिणकाली सडकको दुरावस्थाको कारण बेलाबेलामा सवारी दुर्घटनाको कारण जनधनको ठूलो नोक्सानी व्यहोर्नु परेको छ । वर्षातको समयमा हिलो तथा हिउँदको समयमा धूलोले गर्दा स्थानीय बासिन्दाहरु तथा यात्रुहरुको स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न भएको छ । सडकको दुरावस्थाको कारण सार्वजनिक यातायात प्रभावकारी रुपमा संचालन हुन सकेको छैन भने नोकरी तथा अन्य विभिन्न कारणले देशको राजधानी सम्म जानको लागि घण्टौ समय लाग्ने गरेको छ । वीरजञ्ग लगायत हेटौंडाबाट आउने तथा फर्पिङबाट राजधानीका विभिन्न अस्पतालहरुमा उपचारको लागि जाने एम्बुलेन्सहरुलाई समेत यस बाटोले असहज बनाएको छ । कन्ट्राक्याटरको लापरवाहीको कारण गुणस्तरहीन सडक निर्माण भएको कारण यसलाई तत्काल मर्मत गरी बाँकी रहेको सडक निर्माणको कार्य यथाशिघ्र सम्पन्न गर्नुपर्ने देखिन्छ । हालै दक्षिणकाली नगरपालिकाका नगर प्रमुखद्वारा बल्खु-दक्षिणकाली सडकसंग सम्बन्धित रहेर सरोकारवालाहरुसंग छलफल कार्य भएको छ । सडकको बाँकी निर्माण कार्य तत्काल थाल्ने कन्ट्राक्याटरको प्रतिबद्धता कार्यान्वयन होस सडक छिटो भन्दा छिटो स्तरउन्नती भई यात्रुहरुलाई सहज रुपमा यात्रा गर्ने वातावरणको सृजना होस ।