शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन एक साताभित्रै

ताजा अपडेट समाचार

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन एक साताभित्रै

चैत्र ३०,  काठमाडौं । फ्ल्यास् खबर

शिक्षक सेवा आयोगले आउँदो साताभित्र शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन खुल्ने जनाएको छ ।आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तीनै तहका लागि लाइसेन्स परीक्षा लिन लागेको हो । २०७५ चैतभित्रै लाइसेन्सको विज्ञापन खोल्ने तयारी गरेपनि अनलाइनबाटै फारम भर्ने व्यवस्था गर्न लागिएकाले सोका लागि परीक्षण गर्दा गर्दै केही ढिलाई भएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको एक साताभित्र लाइसेन्सको विज्ञापन हुन्छ । हामी अन्तिम तयारीमा छौं ।’

आयोगले परीक्षा फारम अनलाइनबाटै भर्ने व्यवस्था गर्दैछ । आयोगले माध्यमिक र निम्नमाध्यमिक तहका लागि विषयगत परीक्षा लिनेछ । यसका लागि नयाँ पाठ्यक्रम तयार पारेको छ ।शिक्षक सेवा आयोगले अब वस्तुगत प्रश्नको उत्तर मेसिनबाटै परीक्षण गर्ने तयारी गर्न लागेको पनि जनाएको छ । परीक्षाको विश्वसनीयता बढाउन यसो गर्न लागिएको हो । उत्त समाचार टियूको वेबसाईट लिईएको हो ।