फर्पिङ भेगकै आधुनिक एवं सुविधा सम्पन्न मन्टेश्वरीमा भर्ना खुल्दै

ताजा अपडेट शिक्षण संस्था शिक्षा

फर्पिङ भेगकै आधुनिक एवं सुविधा सम्पन्न मन्टेश्वरीमा भर्ना खुल्दै :

फागुन २२,  काठमाडौं । फ्ल्यास् खबर

ह्याप्पी होम मन्टेश्वरी किन्डर गार्डेनले प्ले ग्रुप देखि यू.के.जी. सम्म गुणस्तरीय तथा सुविधा युक्त प्रारम्भिक बाल शिक्षा प्रदान गर्ने उद्देश्यले नयाँ सोचका साथ मन्टेश्वरी संचालन गर्न लागेको हो । मिति २०७५ चैत्र १ गतेदेखि १५ गतेसम्म भर्ना सुरु भई मिति २०७५ चैत्र १५ गते देखि कक्षा संचालनमा आउन लागेको हो । सो अवधि भरी भर्ना हुने विद्यार्थीहरुलाई विषेश छुटको समेत ब्यवस्था गरिएको छ । बालकुमारी श्रेष्ठ प्रधानाध्यापक  रहेको यस मन्टेश्वरीमा धेरै बर्ष अगाडि देखि पढाउदै आएकी दक्ष तथा अनुभवि शिक्षिका रहेको छ ।दक्षिणकाली नगरपालिका वडा नं. ६ थल्कुटोल (पञ्जल गणेश मन्दिरसंगै) रहेको छ । फर्पिङ भेगकै आधुनिक मन्टेश्वरी बन्ने तरखरमा रहेको यस मन्टेश्वरीमा सुरुवातमा प्ले ग्रुप देखि यू.के.जी. सम्म पढाई हुनेछ । जहाँ प्रत्येक २० जना विद्यार्थीको लागि  २ जना शिक्षिका र १ जना केयर टेकरको ब्यवस्था गरिएको छ । पहिलो वर्षमा १०० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य राखी भवनको र्निमाण गरिएको हो । हाल सञ्चालनमा रहेको बिभिन्न मन्टेश्वरी भन्दा पृथक ढङ्गमा सञ्चालन गर्ने योजना रहेको यस मन्टेश्वरी २ रोपनी जग्गामा फैलिएको छ । जहाँ बच्चाहरुलाई खेल्नको लागि पर्याप्त ठाँउ रहेको छ । यस मन्टेश्वरीमा गुणस्तरीय शिक्षाका साथसाथै स्वच्छ, शान्त वातावरणमा बच्चाहरुको क्षमताको विकास गरी पढाई हुनेछ । जसका कारण बालबालिकाहरुले ब्यवहारीक तथा सांस्कृतिक ज्ञान पनि प्राप्त गर्ने छन् ।

विहानको सूर्योदय देखि बेलुकाको सूर्यास्त सम्म घाम लाग्ने यस मन्टेश्वरीमा बच्चाको स्वास्थ्य अनुसार स्वच्छ र पोषिलो खाजा पनि दिईन्छ । हप्ताको सातै दिन भिन्न भिन्न प्रकारको पौष्टिक आहार खुवाईने छ । आधुनिक तथा वैज्ञानिक शिक्षा प्रणालीबाट पठनपाठन गराईने यस मन्टेश्वरीमा वैज्ञानिक तरिकाबाट बनाईएको ल्याब पनि रहेको छ । अंग्रेजी विषयलाई ध्वनात्मक तरिकाबाट शिक्षण गराईने यस मन्टेश्वरी ब्यक्तिगत रुपमा हेरचाह गरेर शिक्षण गराईन्छ भने दैनिक, साप्ताहिक, मासिक र वार्षिक योजनाका साथ पठनपाठन गराईन्छ । मन्टेश्वरीमा प्रत्येक तीन महिनामा बाल रोग बिशेषज्ञद्वारा स्वास्थ्य परीक्षण गराईने र १० देखि ३ बजे सम्मको कक्षा लाग्ने समय भरी नर्सको सुबिधा पनि उपलब्ध गराईने छ । प्रयोगात्मक शिक्षाका साथसाथै स्विमिङ पुल र हप्ताको हरेक शुक्रबार पढाईको सट्टा खेल खेलाउने, नाच्न, गाउन सिकाउने जस्ता कार्य गरिने छ । कुनै पनि क्षेत्रका ५ जना सम्म विद्यार्थी यस मन्टेश्वरीमा भर्ना भएमा त्यस क्षेत्रमा गाडीको पनि ब्यवस्था गरिदिने छ । प्ले ग्रुप र नर्सरी कक्षाको मासिक शुल्क रु. २ हजार ७ सय ५० छ भने माथिल्लो कक्षाको लागि ३ हजार रहेको मन्टेश्वरी संचालक बताउनु हुन्छ ।