काठमाडाैं । दक्षिणकाली नगरपालिकाले नगर क्षेत्रमा काेराेना संक्रमितले नै स्वास्थ्य मापदण्डकाे पालना नगरेकाे भन्दै चासाे व्यक्त गरेकाे छ ।
साेमबार नगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरपालिका भित्र कोभिड संक्रमण भएका व्यक्तिहरु नै खुल्ला रुपमा हिँडडुल गरिरहेको भन्ने जनगुनासाे बढेकाेमा संक्रमित व्यक्तिहरूलाई स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी घरमै आइसोलेशनमा बस्न विशेष आग्रह गरेकाे छ ।
नगरपालिका क्षेत्रमा केही काेराेना संक्रमित व्यक्तिले नै आफ्नो व्यापार व्यवसायलाई सञ्चालन गरिरहेकाे सूचना आएकाे समेत जानकारी दिएकाे छ ।
“यस नगरपालिका भित्र कोभिड संक्रमण भएका व्यक्तिहरु यदाकदा खुल्ला रुपमा हिँडडुल गरिरहेको तथा संक्रमित स्वयंले आफ्नो व्यापार व्यवसाय समेत सञ्चालन गर्ने गरेको भन्ने जनगुनासो प्राप्त भएको हुदाँ कोभिड संक्रमण भएमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी होम आईसोलेसनमा बसी आफू पनि सुरक्षित रही समुदायलाई पनि सुरक्षित राख्न सहयोग गर्नु हुन अनुरोध गर्दछु ।”, मेयर माेहन बस्नेतले भन्नुभएकाे छ ।
काेराेना संक्रमित व्यक्तिहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना नगरे संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने समेत नगरपालिकाले जनाएकाे छ ।
यस्तै, नगरपालिकाले नगरपालिका क्षेत्र भित्र अत्याधिक रुपमा बढिरहेको अवस्थालाई ध्यानमा राखी कोभिड रोकथाम तथा नियन्त्रणको साथै कोभिडको कारण सिर्जित यस विषम् परिस्थितिलाई आवश्यकता अनुरुप व्यवस्थापन गर्नको लागी यस नगरपालिकाले कोरोना कोषमा चालु आ.ब.मा विनियोजित रकममा रु.४०,००,०००। – (चालिस लाख रुपैयाँ) थप गरिएको जानकारी दिएकाे छ । उक्त कोषमा सहयाेग गर्न नगरमा रहेका संघ-संस्था, उद्योगी, व्यवसायी, राजनैतिककर्मी, समाजसेवी, बैङ्क तथा सहकारी संस्थाहरूलाई अपिल गरिएकाे छ । नगरपालिकाको नाममा राष्ट्रिय वाणिज्य बैक, फर्पिङ शाखामा रहेको ग-७.२ स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता नं १२००१००३०७०२०००२ मा जम्मा गरी सहयोग गर्नु हुन नगरपालिकाले अनुराेध गरेकाे छ ।
विज्ञप्ति :