होली ल्याण्ड – २०७५ (MADDEST COLOR FESTIVAL) फर्पिङ फुटबल चौरमा हुने :
फागुन ३०, काठमाडौं । फ्ल्यास् खबर
होली पर्व घरपरिवार साथीभाई आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागु पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरु हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसरागलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । होली पर्वको अवसर होली विशेष कार्यक्रम फर्पिङ फुटबल चौरमा दक्षिणकाली परोपकार युवा क्लब र AMA EVENT दरबार मार्गको संयुक्त आयोजनामा TUBORG BEER को प्रायोजनमा मिति २०७५ चैत्र ६ गतेका दिन होली ल्याण्ड – २०७५ (MADDEST COLOR FESTIVAL) हुने भएको छ । कार्यक्रम हेर्नको लागि प्रवेश शुल्क लाग्ने छैन भने सो कार्यक्रममा स्रेया सोताङ र अभिनास घिसिङ जस्ता राष्ट्रिय कलाकारहरुद्वारा विभिन्न गीत प्रस्तुत हुनेछ । साथै डि.जे.हरु सागर, वाङ्चु, सन्तोस र रबिनको उत्कृष्ट डि.जे. सुन्न पाईनेछ । कार्यक्रममा प्रस्तोता प्रगति क्षेत्री रहनेछ ।