काठमाडौं जिल्लाको दक्षिण भेगको पहिलो मन्टेश्वरी New Generation Montessori Kindergarten

ताजा अपडेट शिक्षण संस्था शिक्षा

काठमाडौं जिल्लाको दक्षिण भेगको पहिलो मन्टेश्वरी New Generation Montessori Kindergarten

फागुन ३०,  काठमाडौं । फ्ल्यास् खबर

काठमाण्डौ जिल्लाको दक्षिण भेगमा प्रभावकारी रुपमा संचालन भई रहेको श्री गोपालेश्वर सामुदायिक सहकारी संस्था एक महत्त्वपूर्ण र उदाहरणीय सहकारी संस्था हो । यस संस्थाले नयाँ नौला अभियान लगायत विभिन्न क्रियाकलापहरु संचालन गरिरहेको छ । जसले गर्दा दक्षिणकाली नगरपालिकामा आर्थिक, सामाजिक, धार्मिक एवं शैक्षिक जागरण फैलिएको छ । यस संस्थाले समाजका आवश्यकीय विषयवस्तुहरुलाई मध्येनजर गर्दै एउटा विकासशील समाज निर्माणका लागि विभिन्न कार्यहरु गर्दै आएको छ । यसै कारण पनि यो संस्था काठमाडौं जिल्लाको दक्षिण भेगमा एउटा नमुना सहकारी संस्थाका रुपमा परिचित रहेको छ ।

यस सहकारी संस्थाले समाजका बेरोजगार युवालक्षित तालिमहरु पनि सञ्चालन गर्दै आईरहेको छ । जसले गर्दा दक्ष जनशक्ति उत्पादनमा यसले महत्वपूर्ण टेवा पुर्‍याईरहेको छ । मन्टेश्वरी, कुक, वेटर, सिलाई कटाई, बुनाई, मोबाइल रिपेरिङ, विद्युत जडान लगायत कृषि सम्वन्धि विभिन्न तालिमहरु सञ्चालन गरी रोजगारीको सिर्जना समेत गरेको छ भने तालिम प्राप्त सदस्यहरुले यसै संस्थाबाट कर्जा लिई उद्यमी एवं स्वरोजगार बनिरहेका छन् ।

हाल यस सहकारी संस्थाका परियोजनाहरुमा ५१ जना कर्मचारीहरुले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरी रहेका छन् । कर्मचारीहरुको लागि आवश्यक उत्प्रेरणात्मक तालिमलगायत उनीहरुको मनोबल बढाउने विभिन्न सेवा र सुविधा समेत उपलब्ध गराई प्रशंसनीय क्रियाकलापहरु अगाडि बढाउन यस संस्थाले आफ्ना जनशक्तिहरुलाई चुस्त दुरुस्त र पोख्त बनाएको छ । समुदायमा आधारित भएर आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक र सांस्कृतिक उद्देश्यहरु पुरा गर्दै अघि बढिरहेको यस संस्थाले आफ्नो परिकल्पना एवं ध्येयमा उल्लेख भएको शैक्षिक क्षेत्रलाई अघि बढाउन दक्षिणकाली नगरपालिकामा पहिलो पटक मन्टेश्वरीको स्थापना गरेको हो ।

आगामी दश वर्षभित्रमा दक्षिणकाली नगरपालिकामा एउटा प्रभावकारी, सक्षमवान्,  नैतिकवान् एवं प्रतिभाशाली नयाँ पुस्ताहरुले भरिएको समुदाय खडा गर्ने लक्ष्यका साथ आजभन्दा दुई वर्ष अगाडि श्री गोपालेश्वर सामुदायिक सहकारी संस्था अन्तर्गत न्यू जेनेरेसन मन्टेश्वरी किन्डरगार्टेनको स्थापना भएको हो । यसका लागि आवश्यक ज्ञान हासिल गर्न संस्थाका अध्यक्ष श्री वीरेन्द्रकुमार बलामीज्यु र उपाध्यक्ष श्री विजयकुमार महर्जनज्युले थाइल्याण्ड र भारतमा रहेका विभिन्न शैक्षिक प्रतिष्ठानहरुको तथा विकसित विद्यालय एवं मन्टेश्वरीहरुको संस्थागत भ्रमण गर्नु भएको थियो । शैक्षिक क्षेत्रलाई गुणस्तरीय र आधुनिक तवरले अगाडि बढाउने सोचका साथ शैक्षिक अवलोकनका लागि संस्थाका संचालकज्युहरुले पनि विभिन्न शैक्षिक प्रतिष्ठानहरुको अवलोकन गर्नु भएको थियो । यसरी अवलोकन गरीसके पश्चात बालबालिकाहरुलाई सानैदेखि सृजनात्मक एवं गुणस्तरीय शिक्षा दिन सकेको खण्डमा उनीहरुको भविष्य उज्वल हुने र विकसित समुदायको निर्माण हुने सोच राखेर मन्टेश्वरी सञ्चालन गर्नेतर्फ सञ्चालक समितिले ऐक्यबद्धता जनाएको थियो ।

विकसित मन्टेश्वरी स्थापनाको सोचलाई मूर्त रुप दिंदै यसका लागि आवश्यक भौतिक संरचनाहरु आधुनिक एवं बालमैत्री तरिकाले निर्माण गरिएको थियो । बालबालिकाहरुका लागि आवश्यक यथेष्ट खेलौना तथा सर-सामग्रीहरुको खरिद गरिएको थियो । आधुनिक एवं सम्पन्न पूर्वाधारहरु तयार पारिएको थियो । यी सबै संरचनाहरु तयार गरी दक्ष र सक्षम जनशक्तिको निर्माण गर्न र काठमाडौं जिल्लाको दक्षिण भेग मै पहिलो पटक CTEVT तथा ईभेन्ट परियोजनामार्फत मन्टेश्वरी तालिम संचालन गर्न स्थानीय निकायहरुको सिफारिस लिई सहकारी संस्थाले इभेन्ट परियोजनासंग तालिम माग गरिएको थियो ।

दक्षिणकाली नगरपालिकामा पहिलो पटक विकसित मन्टेश्वरीको स्थापना गर्नु त्यतिखेर सहज पक्कै थिएन । मध्यम वर्गीय अभिभावकहरुको वर्चस्व रहेको समुदायमा विकसित मन्टेश्वरीको सोच कार्यान्वयन गर्न गराउन सबैभन्दा पहिला सहकारी संस्थाले विभिन्न तालिम प्रदायक संस्थाहरुको सहयोगमा विभिन्न तालिमहरु लगायत विशेष मन्टेश्वरी तालिम पनि संचालन गर्‍यो । संस्थाका कोषाध्यक्ष श्री भरतमणि अर्यालज्युको समन्वयमा र संस्थाका सदस्य श्री रन्जीता बलामीज्युको संयोजकत्त्वमा संचालित उक्त मन्टेश्वरी तालिमबाट ३२ जना प्रशिक्षार्थीहरुले CTEVT को Skill Test परीक्षा उतिर्ण गर्नु भएको थियो ।

ती सक्षम जनशक्तिहरुमध्ये केहि जनशक्तिहरुलाई यहाँ रहेका विभिन्न विद्यालयहरुबाट माग भए बमोजिम रोजगारीका लागि पठाइएको थियो भने बाँकी जनशक्तिहरुलाई यसै मन्टेश्वरीमा रोजगारीको व्यवस्था मिलाइएको थियो । तीनै जनशक्तिहरु आज थप तालिम र अनुभवले खारिएका छन् । प्रचलित मारिया मन्टेश्वरी विधिलाई कसरी आधुनिक एवं विकसित र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा ओपिनियन रिसर्च एण्ड डेभ्लोपमेन्ट प्रा.लि., स्मार्ट माइन्ड प्रा.लि., वल्ड लिंक टेक्निकल ट्रेनिङ इन्ष्टिच्युट प्रा.लि. र नवरत्न टेक्निकल ट्रेनिङ इन्ष्टिच्युट प्रा.लि.का प्रोफेसर एवं प्रशिक्षकज्युहरु र यस न्यु जेनेरेसन मन्टेश्वरी किन्डरगार्टेन मा अध्यापनरत शिक्षिकाज्युहरुको समन्वयमा तयार पारिएको विकसित मन्टेश्वरीको पाठ्यक्रममा आधारित भई हाल यस मन्टेश्वरीमा पठनपाठन एवं विभिन्न सृजनात्मक क्रियाकलापहरु संचालन भई रहेका छन् ।

न्यू जेनेरेशन मन्टेश्वरी किन्डरगार्टेन हाल काठमाडौं जिल्ला भरी कै मन्टेश्वरीहरुमध्ये आधुनिक, गुणस्तरीय र सबै भन्दा सर्वशुलभ एवं सहज मन्टेश्वरी बन्न पुगेको छ । यस मन्टेश्वरीमा १०१ जना बालबालिकाहरु अध्यनरत छन् । हालसम्म PG, Nursery, L.K.G. / U.K.G. सम्मका तहहरु संचालन भई रहेकोमा आगामी शैक्षिक सत्र २०७६ को बैशाखदेखि थप एक कक्षा संचालन हुने र छिट्टै कक्षा ३ सम्मको स्वीकृति लिने प्रक्रिया शुरु गरिसकेको व्यहोरा यस मन्टेश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री वीरेन्द्रकुमार बलामीज्युले बताउँनु भयो ।

उमेर र आफ्ना क्षमता अनुसारको पठन, लेखन र सिकाई गराउने यस मन्टेश्वरीमा विभिन्न सेवा र सुविधाहरु एवं यथेष्ट खेल सामग्रीहरु उपलब्ध रहेका छन् । यस मन्टेश्वरीमा बच्चाहरुको सुरक्षाका लागि प्रत्येक कक्षा कोठामा सि.सि. क्यामराको व्यवस्था गरिएको छ । आधुनिक तरिकाबाट सिकाउन प्रत्येक कक्षा कोठामा ईन्टरनेटसहितको कम्प्युटर तथा टि.भि.को व्यवस्था गरिएको छ । एटेज बाथरुमयुक्त कोठाहरुमा बच्चाहरुलाई तातो न्यानो गर्न र शित्तल गर्न बालमैत्री ए.सी.को पनि व्यवस्था गरिएको छ । बच्चाहरुलाई सुताउनका लागि आधुनिक खाट, सिरक डस्नाको व्यवस्था गरिएको छ । सफा किचेन, सुन्दर डाइनिङ हल, कार्यक्रम हल र खेल मैदानको राम्रो व्यवस्था गरिएको छ । गाडीको समेत सुविधा रहेको यस मन्टेश्वरीमा बेला बेलामा स्वास्थ्यकर्मीहरुबाट बच्चाहरुको स्वास्थ्य परीक्षण गर्ने गरिन्छ ।

हाल यस मन्टेश्वरीमा १४ जना शिक्षिकाहरु, ६ जना आया दिदिहरु, एक जना चालक र २ जना सुपरभाइजरहरुले बालबालिकाहरुको चौतर्फि विकासमा सेवा प्रदान गरि रहेका छन् । यस मन्टेश्वरीलाई सुव्यवस्थित गर्न २५ सदस्यीय व्यवस्थापन समिति खडा गरिएको छ भने २७ सदस्यीय प्रशासनिक समिति गठन गरिएको छ । यस न्यू जेनेरेशन मन्टेश्वरी किन्डरगार्टेनमा पढाउने र खेलाउने मात्र नभइ हरेक तवरबाट सक्षम बनाउन विभिन्न क्रियाकलापहरु गर्ने गरिन्छ । बच्चाहरुलाई पढाउने भन्दा पनि पढ्ने वातावरण र मनस्थिति निर्माण गर्न यस मन्टेश्वरी अग्रसर भैरहेको छ ।

नयाँ नौला परियोजनाहरु कार्यान्वयन गरी जोखिमयुक्त क्रियाकलाप गर्दै र त्यसमा सफलता पनि प्राप्त गर्दै अघि बढिरहेको श्री गोपालेश्वर सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको पहिलो शैक्षिक परियोजनाको रुपमा रहेको यस न्यू जेनेरेसन मन्टेश्वरी किन्डरगार्टेनको आगामी योजनाहरु सहकारी संस्थाको परिकल्पना, ध्येय र लक्ष्यसंग प्रत्यक्ष सरोकार राख्दछ । समुदायकमा श्री गोपालेश्वर सामुदायिक सहकारी संस्थाको नयाँ नौला परियोजनाहरुबाट धेरैले शिक्षा लिइरहेका छन् । यस संस्थाको शैक्षिक परियोजनाको रुपमा सफल हुदैं गई रहेको न्यु जेनेरेसन मन्टेश्वरी किन्डरगार्टेन दक्षिणकाली नगरपालिकाको लागि त पहिलो र नमुना भयो नै सिङ्गो राष्ट्र कै लागि नमुना बन्न सक्षम होस् फ्ल्यास खबरको शुभकामना ।