मुक्तकहरु
(1)जीवन भित्रै जिन्दगीको खोज भयो भने
उच्च विचार विवेकशिल सोच भयो भने ।
जिन्दगीको परिभाषा खोज्दै हिड्नु पर्दैन्
जीवनको लक्ष्य मृत्यु नै हो बोध भयो भने ।।
…………………………………………………..
(2)पिडा जति भए नि मुसुक्क हांसिदिने तिमी
मेरो तस्विर दिलको भित्तामा टांसिदिने तिमी ।
लाग्छ जिन्दगी यसरी नै बितिरहोस् जस्तो
हंसाउने बहानामा हर खुशी सांचिदिने तिमी ।।
……………………………………………………..
(3)कहिले हांसो कहिले रोदन मिक्स जिन्दगी
यस्तै हुन्छ भन्ने छैन फिक्स जिन्दगी ।
उकाली ओराली भई रहन्छ सधैंभरी
कहिले कम कहिले बेसी रिक्स जिन्दगी ।।
………………………………………………………
(4)आंसु झारेर अरु सामु कहिल्यै रुनु हुदैन
नराम्रो सोच्नेलाई सम्झि दुःखी हुनु हुदैन् ।
परिस्थितिले सिकाउंछ सबैलाई जिउने कला
राम्रो काम गर्न कहिल्यै पछि हट्नु हुंदैन् ।।
…………………………………………………..
(5)झर्दैन आकाशको तारा झार्छु नभन भो
ओईलिसकेको फुल पुनः सार्छु नभन भो ।
चाहे जस्तो कहिले कसलाई पुगेको छ र यहां
आफ्नै लागी बांच्नु छ जीवन बिगार्छु नभन भो ।।
……………………………………………………….
(6)हिड्दै जांदा बाटो सकिने भए
एउटा छुट्दा अर्को भेट्टिने भए ।
माया गर्नेहरु पागल कहां हुन्थे र
दिलको त्यो निशान मेटिने भए ।।
……………………………………………….
(7)मायाको खोल ओढ्नेहरु देखि
झुठो बचन बोल्नेहरु देखि ।
सधैं तिमी सचेत हुनु प्रिय
मिठो बोली बोल्नेहरु देखि ।।
…………………………………………….
(8)सधैं भरी यसै गरी तिमीले मेरो साथ दिनु
यौवनको सुगन्धमा स्पर्शको मिठो मात दिनु ।
जिन्दगीको कठिन यात्रा संगसंगै गर्दा खेरी
दुःख पर्दा आंसु झार्दा आंसु पुच्छने हात दिनु ।।
……………………………………………………………..
(9)जताततै तिम्रो माया छाउनु पर्छ
दुबै मिली मिठो माया लाउनु पर्छ ।
सधैं भरी खुशी हेर्न त कान्छु
खुशी हुदै तिमी मेरो छेउ आउनु पर्छ ।।
……………………………………………………..
नारी
(10)सृष्टिकर्ताको सुनदर श्रृजना हो नारी
कोमलता अनि सहनशिलता हो नारी ।
नारी हुन सारा मनुष्यको जननी
बन्दैन समाज नारी आमा नबनी ।।
चल्दैन् घर नारी बुहारी नबनी
अस्तित्व रहदैन नारि पतिको पत्नी नबनी ।।
……………………………………………………..
(11)जबरजस्ती दिल भित्र नआएको जाती
नजिक हुने बहानामा नआएकै जाती ।
उराठ लाग्दो खडेरीले सताएको बेला
मरुभुमीमा मुल खोज्दै नधाएकै जाती ।।
लेखक- श्याम कृष्ण बलामी (अञ्जान)
ठेगानाः- दक्षिणकाली नगरपालिका -८, दथुवन, फर्पिङ