वारहेडस् नेपाल बैंग्लोर ओपन एयर फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै

कला/साहित्य ब्रेकिंग

सन् २०२२ जुन १८ र १९ मा बैंग्लोर ओपन एयर फेस्टिभल हुने भएको छ । २०२० मा नै हुने भनिएको उक्त फेस्टिभल कोरोनाको कारण बारम्बार स्थगन हुदै आएको थियो । स्थानिय र अन्तराष्ट्रिय मेटल ब्याण्डहरुलाई बोलाएर गरिने सम्भवतः यो भारतकै ठुलो बिशुद्ध रक एण्ड मेटल फेस्टिभल हो । अन्तराष्ट्रिय स्तरमा वाकेन ओपन एयर प्रतिस्पर्धा गराएर जितेका अन्तराष्ट्रिय मेटल ब्याण्डहरुलाई उक्त फेस्टिभलमा लगि पुन प्रतिस्पर्धा गराइनेछ ।

सन् २०२० मा नेपालमा भएको वाकेन ओपन एयर प्रतिस्पर्धाको फाईनल जित्न सफल वारहेडस् नेपाल उक्त फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन जादै छ । वारहेडस् नेपालले भारत, बंगलादेश र सम्भवतः श्रीलंकाका ब्यान्डहरूसँग प्रतिस्पर्धा गर्नेछ । यदि त्यहाँ पनि जित हासिल गर्न सकेमा यो नेपाली अन्डरग्राउण्ड संगीत क्षेत्र र सम्पूर्ण नेपाली संगीत उद्योगको लागि उत्कृष्ट चित्र हुनेछ किनकि जर्मनीको प्रतिष्ठित वाकेन ओपन एयरमा नेपालको पनि प्रतिनिधित्व हुनेछ ।