फोहोरमैला व्यवस्थापनको लागि फोहोर प्रशोधन केन्द्रको स्थापना हुँदै :

ताजा अपडेट समाचार

फोहोरमैला व्यवस्थापनको लागि फोहोर प्रशोधन केन्द्रको स्थापना हुँदै :

बैशाख ५,  काठमाडौं । फ्ल्यास् खबर

दक्षिणकाली नगरपालिका क्षेत्र भित्र उचित रुपमा फोहोरमैलाको व्यवस्थापन हुन नसक्दा जथाभावी रुपमा फालिएका फोहोरले नगर क्षेत्र नै कुरुप बन्दै गएको छ । नगर क्षेत्रका फोहोरलाई व्यवस्थापन गर्न स्थापना गर्नुपर्ने प्रशोधन केन्द्रको अभावमा फोहोर संकलन कार्य समेत प्रभावित भएको देखिन्छ । जसको कारण नगर भित्रको फोहोर संकलन कार्य प्रभावित भई जथाभावी सार्वजनिक स्थल, खोलानाला इत्यादीमा फोहोर फाल्ने प्रवृत्ति नगरबासीमा देखिन थालेको छ । नगरपालिकाले घरेलु, औद्योगिक, रसायनिक, स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमैला तथा हानिकारक बस्तुहरुलाई न्यूनिकरण, पुनः प्रयोग, प्रशोधन वा विसर्जन गरी उचित र प्रभावकारी व्यवस्थापन गर्न तथा जन-स्वास्थ्य एवं वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावलाई कम गरी स्वच्छ, स्वस्थ र मनोरम वातावरण कायम गरी सफा, स्वच्छ, हराभरा समृद्ध नगरको रुपमा स्थापित गर्ने प्रयास स्वरुप प्रशोधन केन्द्रको स्थापनाको लागि जग्गा भाडामा लिई फोहोरमैला व्यवस्थापनको कार्यको थालनी हुन लागेको हो । फोहोर प्रशोधन केन्द्रको स्थापनासँगै नगर भित्रका फोहोर व्यवस्थापन हुने भएको छ ।