रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक उत्सव :
बैशाख ५, काठमाडौं । फ्ल्यास् खबर
२२ औं वार्षिक उत्सवको अवसरमा रोयल बहुउद्देश्यीय सहकारी संस्थाले बिबिध कार्यक्रम सञ्चालन गरेको छ । पहिलो कार्यक्रम २०७६ बैशाख ४ गते बुधवार फर्पिङ स्थित सेवा केन्द्रवाट दक्षिणकाली मन्दिर परिसर सरसफाई र शेषनारायण स्थित जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको थियो । हप्ता भरी संस्थाको अन्य शाखाहरुमा पनि यस्तै सामाजिक कार्यक्रम संचालन हुनेछ । यस संस्थाले यस्ता प्रकारको कार्यक्रम गर्न थालेको ३ बर्ष भई सकेको छ । पहिला वार्षिक रुपमा कार्यक्रम सञ्चालन गर्ने गरे तापनि अब भने हरेक महिनामा एक पटक यस्तो काम गर्ने कुरा फर्पिङ सेवा केन्द्रका शाखा प्रमुख देवेन्द्र चापागाँई बताउनु हुन्छ ।